default_image

4 years ago

November 8, 2019

सेभ द मिसनको सेमिनारमा राजवैद्य र रानाभाटले भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सेभ द मिसनहरुको सेमिनारमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भाग लिने भएका छन् । साग सेभ द मिसनको सेमिनार शनिबार  याक एन्ड यति होटलमा हुनेछ । ‘यो सेमिनारमा एनओसी उपाध्यक्ष चतुरा जी […]

36 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सेभ द मिसनहरुको सेमिनारमा नेपालका तर्फबाट नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राज वैद्य र राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटले भाग लिने भएका छन् ।

साग सेभ द मिसनको सेमिनार शनिबार  याक एन्ड यति होटलमा हुनेछ । ‘यो सेमिनारमा एनओसी उपाध्यक्ष चतुरा जी र राष्ट्रिय टिम तयारी समितिको संयोजक रिम जी सहभागी हुने निर्णय गरेका छौं,’ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले भने,‘ सागकै लागि भने पछि तोक्ने छौं । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाका विषयमा जानकारी भएकाले एनओसी उपाध्यक्ष र राष्ट्रिय टोलीको तयारीका विषयमा जानकार भएकाले रिम जीलाई सहभागी गराएका हौं ।’

सहभागी ७ राष्ट्रले नै सेभ द मिसनको सेमिनारमा २ जना प्रतिनिधि राख्ने प्रावधान रहेको श्रेष्ठले जानकारी दिए । एनओसी अध्यक्ष श्रेष्ठका अनुसार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालसँगको परामर्शकै आधारमा सेभ द मिसन सेमिनारका लागि उनीहरुको चयन गरिएको हो ।

समान्यता अन्तर्राष्ट्रिय प्रतियोगितामा राखेप सदस्य सचिवलाई सेभ द मिसन तोक्ने परम्परा छ । गत वर्ष भएको १८ औं एसियाली खेलकुदमा नेपालको सेभ द मिसन राखेपका तत्किालन सदस्य सचिव केशवकुमार विष्ट थिए ।

सेमिनार अघि दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठक शनिबार बिहान बस्दैछ । त्यसमा सहभागी ७ राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहने श्रेष्ठले जनाए ।

एसएओसीको अध्यक्ष समेत रहका श्रेष्ठ र एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले नेपालको तर्फबाट बैठकमा भाग लिने श्रेष्ठले बताए । एसएओसीका प्रतिनिधि र सेभ द मिसनहरुले शनिबारको कार्यक्रमपछि साग आयोजनाको काठमाडौं र पोखारमा रहेका भेन्यू निरक्षण गर्ने कार्यक्रम तय भएको श्रेष्ठले बताए ।

Success

Thank you for your time.