default_image

4 years ago

November 9, 2019

सागका लागि महिला फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोलीको शनिबार घोषणा गरेको छ । सागको तीन पटकको उपविजेता रहेको नेपाल यसपटक पनि स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– स्वदेशमा अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले २० सदस्यीय राष्ट्रिय महिला टोलीको शनिबार घोषणा गरेको छ ।

सागको तीन पटकको उपविजेता रहेको नेपाल यसपटक पनि स्वर्ण जित्ने लक्ष्यका साथ झन्डै ४ महिनादेखि तयारीमा जुटेको थियो । सागको महिला फुटबल आयोजना स्थल पोखरामै टोलीले अभ्यास गरिरहेको छ ।

टोलीका मुख्य प्रशिक्षक हरि खड्काले ३० जनाबाट अन्तिम २० जनाको छनोट गरेका थिए । जसमा फरवार्डमा सावित्रा भण्डारी सम्बासहित कप्तान निरु थापा र अनिता केसी छन् । त्यस्तै मिडफिल्डमा रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन, विमला चौधरी छन् ।

रक्षापक्ति गिता राना, पुमना जर्घा मगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु र पुजा रानाले सम्हाल्नेछन् ।
त्यस्तै ३ गोलकिपरमा अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथले टोलीमा स्थान बनाएका छन् ।

सागका अघिल्ला तीनै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो । भारतसँग अहिले सम्मको भेटमा एकपटक मात्र नेपालले हराउन सकेको छ । दुई वर्षअघि भारतमै भएको हिरो गोल्ड कपमा नेपालले भारतलाई हराएको थियो । त्यसबाहेकका खेलमा नेपालले बराबरी वा हार बेहोरेको छ ।

१३ औं सागका लागि राष्ट्रिय महिला फुटबल टोली

गोलकिपर – अन्जली तुम्बापो सुब्बा, अन्जना रानामगर, उषा नाथ

रक्षक – गिता राना, पुमना जर्घा मगर, आरती जैसी, हिराकुमारी भुजेल, कविता धिमाल, मनमाया लिम्बु, पुजा राना

मिडफिल्ड – रेणुका नगरकोटी, दीपा राई, सरु लिम्बु, इन्दिरा राई, अनिता बस्नेत, मन्जली योन्जन, विमला चौधरी

फरवार्ड – सवित्रा भण्डारी , निरु थापा , अनिता केसी

Success

Thank you for your time.