default_image

4 years ago

November 9, 2019

साग तोकिएकै मितिमा गराउने सरकारको प्रतिबद्धता !

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा आयोजना हुने सहभागी राष्ट्रलाई आश्वस्त पारेको छ । तोकिएको मितिमा यसअघि दुई पटक हुन नसकेको सागको तेस्रो पटक मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को शनिबार याक एन्ड यतिमा बसेको बैठकमा […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) तोकिएकै मितिमा आयोजना हुने सहभागी राष्ट्रलाई आश्वस्त पारेको छ । तोकिएको मितिमा यसअघि दुई पटक हुन नसकेको सागको तेस्रो पटक मंसिर १५ देखि २४ गते सम्म काठमाडौं र पोखरामा आयोजना हुँदैछ ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को शनिबार याक एन्ड यतिमा बसेको बैठकमा सरकारको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार विष्टले जानकारी दिए । ‘नेपालले १३ औं साग जसरी तोकिएकै मितिमा हुन्छ ,’ भौतिक पूर्वाधारका सबै काम एक सातामा सकिने हामीले आश्वस्त पारेका छौं, ‘आयोजक समितिका सदस्य सचिव समितिमा रहेका सिलवालले भने, सफल आयोजना हाम्रो दायित्व हो ।’ काठमाडौं र पोखरामा सागका २७ खेल आयोजना हुनेछन् ।

त्यसअघि उद्घाटन सत्रमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए । साग आयोजनाको मुख्य स्थल दशरथ रंगशालाको भिआइपी प्यारपिटको छाना हाल्ने सिट ओछ्याउन काम अझै सुरु भएको छैन ।

Success

Thank you for your time.