default_image

4 years ago

November 20, 2019

साग भलिबल – भारत र नेपाल दुवैतर्फ एकै समूहमा

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ । समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् । यस्तै महिलातर्फ पनि […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई सातापछि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको भलिबलमा नेपाली भलिबल टोली भारत रहेको समूहमा परेको छ ।

समूह विभाजन अनुसार पुरुषतर्फ नेपाल समूह ‘ए’ मा भारत र बंगलादेश रहेको एकै समूहमा परेको हो । समूह ‘बी’ मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

यस्तै महिलातर्फ पनि नेपाल भारत र बंगलादेश सम्मिलित समुह ‘ए’ मा नै परेको हो । समूह ‘बी’ मा माल्दिभ्स, श्रीलंका र पाकिस्तान रहेका छन् ।

भलिबलका खेलहरु सागको उद्घाटन अगावै मंसिर ११ बाट शुरु हुने तालिका छ । पुरुष र महिला दुवैतर्फको खेलहरु त्रिपुरेश्वस्थित कभर्डहलमा हुनेछ । सबै खेलहरु लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको दुई समूहका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछ । भलिबलका खेलहरु ११ गतेबाट १७ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालले बुधबार बंगलादेशसँग खेल्दै सागको शुरुवात गर्नेछ । त्यसपछि १३ मंसिरमा भारतसँग खेल्ने तालिका छ । पुरुष भलिबल टोली भारतमा १० दिने प्रशिक्षण र अभ्यास खेल खेलेर गत मंगलबार काठमाडौं फर्किसकेको छ ।

महिला र पुरुष दुवैमा समान ६ राष्ट्रको सहभागिता रहेको छ ।

महिला टोलीले एक साताअघि नै बंगलादेशमा सम्पन्न प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा च्याम्पियन बन्दै नेपाली भलिबल इतिहासमा ऐतिहासिक उपाधि हात पारेको थियो ।

 

नेपाली पुरुष टोली
इम बहादुर राना (कप्तान), राजेन्द्र विष्ट, धनबहादुर भट्ट क्षेत्री, हरि हजुर थापा, टेकराज अवस्थी, हरि अधिकारी, दुर्गा खड्का, द्धारिका थापा, इश्वर थापामगर, विनोद चन्द, विशाल विक, शरण सामरी क्षेत्री, कुलबहादुर थापा, रविन चन्द, लेस्ले डि जोङ (मुख्य प्रशिक्षक), वीरेन्द्र चौधरी (प्रशिक्षक), प्रज्ज्वल बहादुर सिंह (ट्रेनर ) र श्यामकृष्ण श्रेष्ठ (व्यवस्थापक)

नेपाली महिला टोली
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (व्यवस्थापक)

Success

Thank you for your time.