default_image

4 years ago

November 27, 2019

पुरुष भलिबलमा नेपालको हार

काठमाठौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा उच्च प्रदर्शन गरेको नेपालले २५–२१ ले सहजै जितेको […]

56 views

0 Bookmark

काठमाठौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

दुई पटक सेटमा अग्रता लिएपनि नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुन पुग्यो । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलको पहिलो सेटमा उच्च प्रदर्शन गरेको नेपालले २५–२१ ले सहजै जितेको थियो ।

दोस्रो सेटमा भने नेपालले ५ वटा सर्भिस बिगारेपछि २५–२३ ले गुमाएको थियो । तेस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै २५–१९ ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेट निकै प्रतिस्पर्धात्मक रह्यो । तर, अन्त्यमा नेपालले २६–२४ ले त्यो सेट गुमाएको थियो ।

पाँचौ सेटमा पुगेर नेपालको सुरुवात राम्रो हुन सकेन । बंगलादेशले लगातार दवाव कायम राख्दै १५-१२ को जित दर्ता गर्न सफल रहयो ।

त्यसअघि महिलातर्फको खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । नेपालले २९–९,२५–९ र २५–११ ले विजयी भएको थियो ।

Success

Thank you for your time.