default_image

4 years ago

November 28, 2019

कविता चम्किदा नेपाल ‘ए’ लाई माल्दिभ्सको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीबाट खेलि सकेकी स्पिनर कविता जोशीको उत्कृष्ट बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीले नेपाल ‘ए’ लाई ८७ रनको लक्ष्य दिएको छ । मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाए । माल्दिभ्सकी हसिफसा […]

46 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीबाट खेलि सकेकी स्पिनर कविता जोशीको उत्कृष्ट बलिङसँगै १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीले नेपाल ‘ए’ लाई ८७ रनको लक्ष्य दिएको छ ।

मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्स २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाए । माल्दिभ्सकी हसिफसा ब्याटरले ३२ बलमा ३ चौका सहित २६ रनमा अविजित रहिन् । ।

ओपनर सुमैया हमिदलाई कविता जोशीले चौथो ओभरको दोस्रो बलमा हेलिसा गुरुङबाट ३ रनमा क्याच आउट गराइन् । चौथो ओभरको पाँचौ बलमा फतामती १ रनमा रन आउट भइन् । कृष्मा गुरुङले रेवती धामीबाट कप्तान मरियम जुनालाई १ रनमा क्याच आउट गराइन् ।

ओपनर हमजा नियानले १५ बलमा ३ चौका सहित १६ रन जोडिन् । उनलाई कविता जोशीले रेवती धामीबाट क्याच आउट गराइन् । नेपालका लागि स्पिनर कविता जोशीले ४ ओभरमा २ मेडन सहित १० रन खर्चेर ४ विकेट लिइन् । त्यस्तै कृष्मा गुरुङले ३ ओभरमा १० रन खर्चेर १ विकेट लिइन् । स्पिनर कृर्तीका मरासैनीले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिइन् ।

Success

Thank you for your time.