default_image

4 years ago

November 28, 2019

साग पुरुष भलिबल – पाकिस्तानको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ । पहिलो खेल २५–१६ को जित हासिल गरेको पाकिस्तानले दोस्रो सेटमा केहि चुनौतिको सामना गर्नुपरेको थियो । […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण अन्तर्गत पुरुष भलिबलमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा बिहीबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तानले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको छ ।

पहिलो खेल २५–१६ को जित हासिल गरेको पाकिस्तानले दोस्रो सेटमा केहि चुनौतिको सामना गर्नुपरेको थियो । त्यसका वावजुद पाकिस्तान त्यसमा २५–२३ ले विजयी भएको थियो । तेस्रो सेटमा भने पाकिस्तानले २५–१५ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

बुधबार पहिलो दिन बंगलादेशले पनि विजयी सुरुवात गरेको थियो । नेपालसँगको तीब्र प्रतिस्पर्धात्मक खेल बंगलादेशले ३–२ ले आफ्नो पक्षमा पारेको थियो । पुरुष भलिबलको समूह बीमा अर्को टोली श्रीलंका रहेको छ । समूह एमा बलियो भारत रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

महिलातर्फको पहिलो खेलमा भने नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

Success

Thank you for your time.