default_image

4 years ago

November 28, 2019

माल्दिभ्समाथि नेपाल ए महिला टोलीको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीलाई नेपाल ‘ए’ ६ विकेटले पराजित गरेको छ । ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका लागि कविता जोशीले २५ बलमा ३ चौका सहित २३ रन जोडिन् । विन्दा कटवाल […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अभ्यास खेलमा माल्दिभ्स महिला क्रिकेट टोलीलाई नेपाल ‘ए’ ६ विकेटले पराजित गरेको छ । ८७ रनको समान्य लक्ष्य पछ्याएको नेपालले ११.१ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो ।

नेपालका लागि कविता जोशीले २५ बलमा ३ चौका सहित २३ रन जोडिन् । विन्दा कटवाल ८ रनमा अविजित रहिन् । ओपनर रेवती धामी दोस्रो ओभरको अन्तिम बलमा २ रनमा रन आउट भइन् । मध्यगतिकी बलर शाम्मा अलीले पाँचौ ओभरको तेस्रो बलमा अर्की ओपनर अस्मिता खरेललाई ११ रनमा बोल्ड आउट गरिन् ।

खरेलले १५ बलमा २ चौका प्रहार गरिन् । लगत्तै अर्को बलमा शाम्माले कप्तान कञ्चन श्रेष्ठलाई १४ रनमा बोल्ड आउट गरिन् । कञ्चनले ११ बलमा २ चौका प्रहार गरिन् । विन्दु रावल ५ रनमा बोल्ड आउट भइन् ।

निनानतले बोल्ड गरेकी थिइन् । माल्दिभ्सकी शाम्मा अलीले २ ओभरमा १५ रन २ खर्चेर विकेट लिइन् । निनानतको नाममा १ विकेट रह्यो ।

त्यसअघि मुलपानीको माथिल्लो क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्सले २० ओभरमा ८ विकेट गुमाउँदै ८६ रन बनाएका थिए । माल्दिभ्सकी हसिफसाले ३२ बलमा ३ चौका सहित २६ रनमा अविजित रहिन् ।

ओपनर सुमैया हमिदलाई कविता जोशीले चौथो ओभरको दोस्रो बलमा हेलिसा गुरुङबाट ३ रनमा क्याच आउट गराइन् । चौथो ओभरको पाँचौ बलमा फतामती १ रनमा रन आउट भइन् । कृष्मा गुरुङले रेवती धामीबाट कप्तान मरियम जुनालाई १ रनमा क्याच आउट गराइन् ।

ओपनर हमजा नियानले १५ बलमा ३ चौका सहित १६ रन जोडिन् । उनलाई कविता जोशीले रेवती धामीबाट क्याच आउट गराइन् । नेपालका लागि स्पिनर कविता जोशीले ४ ओभरमा २ मेडन सहित १० रन खर्चेर ४ विकेट लिइन् । कृर्तीका मरासैनीले २ र कृष्मा गुरुङले १ विकेट लिइन् ।

Success

Thank you for your time.