default_image

4 years ago

November 28, 2019

साग पुरुष भलिबल – पहिलो जितबाटै भारत सेमिफाइनलमा

काठमाडाैं (हाम्राे खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे । पहिलो जितसँगै भारत पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि […]

47 views

0 Bookmark

काठमाडाैं (हाम्राे खेलकुद) – तेह्रौं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष भलिबलमा उपाधिकाे दावेदार भारतले विजयी शुरुवात गरेकाे छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) काे कभर्डहलमा बिहीबार भएकाे खेलमा भारतले बंगलादेशमाथि ३-० काे एकपक्षीय जित हात पारेकाे हाे ।

पहिलो जितसँगै भारत पुरुष भलिबलको सेमिफाइनलमा पुगेको छ । नेपालसँग शुक्रबार हुने खेल गुमाएको खण्डमा पनि भारत सेमिफाइनल पुग्नेछ । १ खेलमा भारतको ३ अंक छ । २ खेल खेलेको बंगलादेशको २ अंक र नेपालको १ अंक छ । भोलीको खेलमा नेपाल पराजित भएको खण्डमा बंगलादेश अन्तिम चारमा पुग्नेछ । नेपालका लागि भोलीको खेल गर वा मरको स्थितमा छ । पहिलो दिन नेपाल बंगालदेशसँग ३–२ ले पराजित भएको थियो ।

एकपक्षीय खेलमा भारतले पहिलाे सेटमा २५-१८ काे सहज जित निकालेकाे थियाे । दाेस्राे सेटमा पनि भारत २४-१४ ले विजयी हुँदै जिततर्फ अग्रसर बन्याे । तेस्राे सेटमा २५ -१५ काे जित निकाल्याे ।

Success

Thank you for your time.