default_image

4 years ago

November 29, 2019

शरद र प्रदीपको अर्ध शतकमा माल्दिभ्सलाई विशाल लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकमा अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।   शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनायो । नेपालका […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सिनियर टोलीका अनुभवी ब्याट्सम्यान शरद भेषावकर र प्रदीप ऐरीको उत्कृष्ट अर्ध शतकमा अभ्यास खेलमा माल्दिभ्सलाई नेपाल ए ले २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।

 

शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनायो । नेपालका लागि ओपनर शरद भेषावकरले ४२ बलमा ४ चौका र ८ छक्का सहित ८४ रनको योगदान दिए ।

लिम सफिकले १४ ओभरको दोस्रो बलमा एलबी डब्लू आउट गरेपछि शरद शतक बनाउन चुकेका थिए । प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए । प्रदीपले २६ बलमा अर्ध शतक पुरा गरेका थिए । प्रदीप अन्तिम बलमा क्याच आउट भए ।

अमित श्रेष्ठ २५ रनमा अविजित रहे । दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पुयाए । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए ।

शरदले आठौं ओभरमा कप्तान महफूजलाई पहिलो, दोस्रो, तेस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । ओपनर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए । दिलिपलाई सफिकले छैटौं ओभरको पहिलो बलमा एलबी डब्लू आउट गरेका थिए । माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए ।

Success

Thank you for your time.