default_image

4 years ago

November 29, 2019

झन्डा बोक्नेमा पारस र सपथ लिनेमा आयशाको नाम सिफारिस

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ । त्यस्तै खेलाडीका तर्फबाट सपथका लागि एसियाली खेलकुदकी कास्य पदक र सागको स्वर्ण पदक विजेता आयशा शाक्यको नाम सिफारिस भएको छ ।   राष्ट्रिय टिम तयारी […]

45 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा आइतबार १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई झण्डा बोक्न दिने सिफारिस भएको छ । त्यस्तै खेलाडीका तर्फबाट सपथका लागि एसियाली खेलकुदकी कास्य पदक र सागको स्वर्ण पदक विजेता आयशा शाक्यको नाम सिफारिस भएको छ ।

Paras Khadka

 

राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले विकल्पमा चर्चा गर्दै अन्तमो मार्च पासमा झण्डा बोक्नमा पारस र सपथ लिनेमा आयशाको नाम सिफारिस गरेको हो ।

सागमै स्वर्ण पदक विजेतामध्येबाट झण्डा बोक्न दिनुपर्ने भन्ने तर्क पनि गरिएको छ । डिपुटी सेभ द मिसन समेत रहेका राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाटका अनुसार विकल्पमा सागका स्वर्ण विजेता भारोत्तोलनका कमल अधिकारी ,फुटबल विक्रम लामा, करातेका विनोद शाक्य, तेक्वान्दोकी आयशा शाक्य, उसुकी निमा घर्तीमगरको पनि नाम चर्चामा छ ।

राष्ट्रिय तयारी समितिले भने पारसको कप्तानीमा एक दिवसिय मान्यता प्राप्त गरेको, टि ट्वान्टी विश्वकप खेलेको, विश्व डिभिजन २ सम्म पु¥याएको सम्मान मार्च पासमा झण्डा बोक्न दिने सिफारिस गरेको समितका संयोजक रिम रानाभाटले जानकारी दिए ।

१३ औं सागमा भाग लिने खेलाडी मध्ये आयशा सफल खेलाडीमा पर्दछिन् । १५ एसियाडमा कास्य पद क जितेकी आशयाले सागमा स्वर्ण र २ रजत पदक जितेकी छिन् । यसपटक उनी तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा गर्दैछिन् ।

त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापालाई निर्णायककातर्फबाट सपथ लिन लगाउने सिफारिस भएको छ । सन् २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जज बसिकेका थापा ब्याडमिन्टन एसियाका सिरियर अम्पायर हुन् ।

 

 

सागको दीप प्रज्वलनका लागि भने सागमा चार पटक स्वर्ण पदक जितेका नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टको नाम सिफारिस भएको छ । दीपक १३ औं सागमा तेक्वान्दोको गेरुगी टोलीको प्रशिक्षकहरु मध्येका हुन् ।

 

मार्च पासमा झन्डा बोक्ने, सपथ लिने खेलाडी र निर्णायक तथा दीप प्रज्वलन कसले गर्ने भन्ने अन्तिम निर्णय भने कार्यकारी समितिले लिने समारोह समितिका सचिव सचिव कुलबहादुर थापाले बताए ।

Success

Thank you for your time.