default_image

4 years ago

November 29, 2019

माल्दिभ्समाथि नेपाल ‘ए’ को फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद(साग) अघि तीन अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनायो । पहिलो ओभरको पाँचौ बलमा ओपनर […]

47 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद(साग) अघि तीन अभ्यास खेल अन्तर्गत दोस्रो खेलमा नेपाल ‘ए’ ले माल्दिभ्सलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय १७ रनको विशाल लक्ष्य पछ्याएको माल्दिभ्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनायो ।

पहिलो ओभरको पाँचौ बलमा ओपनर मोहम्मद इभान अलीलाई बिक्रम शोबले विकेटकीपर दिलिपनाथबाट शून्यमा क्याच आउट गराए । बिक्रमलेनै तेस्रो ओभरको पाँचौ बलमा प्रमुख ब्याट्सम्यान मोहम्मद रिजवानलाई ७ रनमा एलबी डब्लू आउट गराउँदै पेभिलियनको बाटो देखाए ।

ओपनर अहमिद हसनलाई स्पिनर शेर मल्लले विकेटकीपर दिलिप नाथबाट ४ रनमा क्याच आउट गराए । तिलक राज भण्डारीले युसुफलाई १९ रनमा क्याच आउट गराए । युसुफले २८ बलमा २ चौका प्रहार गरे ।

मध्यगतिका बलर मञ्जित श्रेष्ठले शेर मल्लबाट मोहम्मद आजमलाई २६ रनमा क्याच आउट गराएपछि नेपालको फराकिलो जिततर्फ अघि बढेको थियो । आजमले २५ बलमा ३ चौका प्रहार गरे । मञ्जितले १४ ओभरको दोस्रो बलमा इबराम रिजवानलाई शून्यमा पेभिलिएन फर्काए । १७ ओभरको पाँचौ बलमा तिलकले मोहम्मद अमिर लाथिफलाई १५ रनमा बोल्ड आउट गरे ।

तीब्र गतिका बलर बिक्रम शोबले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । मध्यगतिका बलर मञ्जित श्रेष्ठले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । स्पिनर तलिक राज भण्डारीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट हात पारे । स्पिनर शेर मल्लको नाममा १ विकेट रह्यो ।

त्यसअघि शुक्रवार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो। कप्तान तथा ओपनर शरद भेषावकरले ४२ बलमा ४ चौका र ८ छक्का सहित ८४ रनमा एलबी डब्ली आउट भए ।

प्रदीप ऐरीले ३६ बलमा ४ चौका र ६ छक्का ६९ रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि प्रदीप ऐरी र शरदले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म पुयाए । आठौं ओभरको अन्तिम बलमा कप्तान मोहम्मद महफूजलाई छक्का प्रहार गर्दै शरदले मात्र २२ बलमा अर्धशतक पुरा गरेका थिए ।

शरदले आठौं ओभरमा कप्तान महफूजलाई पहिलो, दोस्रो, तेस्रो र अन्तिम बलमा छक्का प्रहार गरेका थिए । अमित श्रेष्ठ २५ रनमा अविजित रहे । विकेटकीपर दिलिप नाथ १९ बलमा ३ चौका र १ छक्का सहित २७ रनमा आउट भए । माल्दिभ्सका लिम सफिकले ३ विकेट लिए । पहिलो अभ्यास खेलमा नेपाल ए ४९ विजयी भएको थियो । अन्तिम तथा तेस्रो अभ्यास खेल शनिवार हुने छ ।

Success

Thank you for your time.