default_image

4 years ago

June 25, 2020

खेलकुद विकास ऐन राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा नयाँ खेलकुद विकास ऐन लागु हुने भएको छ । संघिय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै खेलकुदमा नयाँ ऐन लागु भएको हो । नयाँ खेलकुद खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ । अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् […]

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा नयाँ खेलकुद विकास ऐन लागु हुने भएको छ । संघिय संसदको दुवै सदनको बैठकबाट पारित भइसकेको ऐनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेसँगै खेलकुदमा नयाँ ऐन लागु भएको हो ।

नयाँ खेलकुद खेलकुदको संगठनको संरचनामा पनि परिवर्तन हुनेछ । अब ७ प्रदेशमा राष्ट्रिय खेलकुद परिषद् गठन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को संरचनामा पनि परिवर्तन हुनेछ ।

यद्दपी अहिले रहेका पदाधिकारी उपाध्यक्ष, सदस्य सचिव र अन्य सदस्यहरुले आफ्नो पदावधि पुरा गर्न पाउने र नयाँ नियुक्तीका हकमा नयाँ ऐन अनुसार हुने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिएका छन् । मन्त्री विश्वकर्माले नेपाली खेलकुद विकासका लागि यो ऐन महत्वपूर्ण हुने विश्वास लिएको बताएका छन् ।

ऐन प्रमाणीकरण भएसँगै  आफु निकै उत्साहित भएको मन्त्री  जनाउँदै विश्वकर्माले भने, ‘अहिले खेलकुदमा रहेको समस्या र चुनौतीलाई परानो ऐन मात्र सम्बोधन गर्ने अवस्था थिएन । अब ऐन आएसँगै हामीले खेलकुदमा विद्यमान धेरै समस्याको हल गर्न सक्छौं । मलाई आशा यो ऐनले नेपाली खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ । यो एतिहासिक उपलब्धीका रुपमा लिएको छु ।’

नयाँ ऐनले राखेपका सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य हुने भएको छ । सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ । सदस्य सचिवको एकल अधिकार कार्यकारी समितिमा सार्ने, राखेपजस्तै संयन्त्र प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने लगायतका प्रावधान नयाँ विधेयकमा उल्लेख छन् ।

कार्यकारी समितिमा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेलकुद परिषदका सदस्यहरु मध्येबाट परिषद अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्रीले मनोनित गरेका दुई जना, परिषदले मनोनित गरेका दुई जना सदस्यका रुपमा रहन्छन् । खेलकुद परिषदको प्रशासन महाशाखा प्रमुखले सचिवको जिम्मेवारी पाउनेछन् ।

यस्तै, राखेपको सदस्य सचिव बन्नको लागि स्नातक उतीर्ण गरी खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने गरी योग्यता तोकिएको छ । यसैगरी, राखेपको हाल रहेको २३ सदस्यीय बोर्डलाई ३७ सदस्यीय बनाउने र परिषदमा प्रदेश स्तरका खेलकुदसम्बन्धी संरचनाका प्रमुखदेखि नेपाली सेना, नेपाल प्रहरी र निजी क्षेत्रका प्रतिनिधिलाई समेत सदस्यका रुपमा राख्ने व्यवस्था थपिएको छ ।

विश्वविद्यालयहरुको खेलकुद विभागका प्रमुख, खेलकुद मन्त्रालयको महाशाखा प्रमुख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, ओलम्पिक कमिटीलगायतको सहभागिता सुनिश्चित गरिएको छ । यसैगरी, नेपालमा पहिलो पटक राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा गरिएको छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय स्तरको खेलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकाहरुले अन्तर्राष्ट्रिय खेलाडीको मान्यता पाउनेछन् । ने

पालभित्र राखेपले आयोजना गरेको कुनै पनि राष्ट्रिय स्तरको खेलमा सहभागी खेलाडी राष्ट्रिय खेलाडी हुनेछन् । भलिबललाई नेपालको राष्ट्रिय खेलका रुपमा विधेयककमा समावेश गरिएको छ । यस्तै खेल मिलेमतो गरी खेलको परिणामलाई प्रभावित पार्ने वा पार्न निर्देशन दिने व्यक्तिलाई तीन वर्ष कैद र ५० हजारसम्म जरिवाना हुनेछ । कुनै रकम लेनदेन गरेको भए जफत हुनेछ । प्रतिबन्धित औषधि सेवन गरेर खेलमा सहभागी भए पहिलोपटक १० हजार त्यसपछि ५० हजार रुपैयाँ सम्म जरिवाना गराइने विधयकमा उल्लेख रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस : खेलकुद विधेयक पारित– राखेप सदस्य सचिवको एकाधिकारको अन्त्य !

Success

Thank you for your time.