default_image

3 years ago

September 10, 2021

कीर्तिमानी ओलम्पियन पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले टोकियो पारालिम्पिकमा दुई बाउट जित्न सफल पलेशा गोवर्धन श्रेष्ठ र टोलीलाई नगदसहित सम्मानित गरेको छ । संघले पारालिम्पिकमा दुई बाउट जित्दै नेपालको शिर उचो पारेको भन्दै पुर्व घोषित निर्णय अनुसार एक बाउटको २० हजार गरि दुई बाउट जित्न सफल पलेशलाई ४० हजार रुपैयाँ र सम्मान पत्रले […]

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले टोकियो पारालिम्पिकमा दुई बाउट जित्न सफल पलेशा गोवर्धन श्रेष्ठ र टोलीलाई नगदसहित सम्मानित गरेको छ ।

संघले पारालिम्पिकमा दुई बाउट जित्दै नेपालको शिर उचो पारेको भन्दै पुर्व घोषित निर्णय अनुसार एक बाउटको २० हजार गरि दुई बाउट जित्न सफल पलेशलाई ४० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेको हो । प्रशिक्षक कविराज नेगी लामा र टिम लिडर तथा ओलम्पियन दीपक विष्ट नगदसहित सम्मान पत्रले सम्मानित भए ।

संघले पलेशालाई बिदाईको क्रममा एक बाउट जिते २० हजार रुपैयाँ र त्यसपछिको बाउटको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको थियो ।
उनलाई पुर्व उप प्रधानमन्त्री तथा नेपाल कांग्रेसका महामन्त्री प्रकाशमान सिंह, नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीका अध्यक्ष दिपक गुरुङ, सचिव मनिष जोशी र सदस्य रमेश नापितलगायतले सम्मानित गरे ।

पलेशाले के ४४ को ५८ केजीमुनि रेपेचेजको फाईनलमा विश्व नम्वर दुई चिनिया खेलाडीसँग पराजित हुँदै पदक जित्नबाट वञ्चित बनेकी थिईन् । उनले बेलायत र चीनकी खेलाडीसँग हार बेहोरेकी थिइन् । अमेरिकी र सर्वियन खेलाडीलाई पराजित गरेकी थिइन् ।

Success

Thank you for your time.