3 years ago
October 18, 2022
पोखरा (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी धाविका पुष्पा भण्डारी नवौं राष्ट्रिय खेलकुदका क्रममा घाइते भएकी छन् । एथलेटिक्सअन्तर्गत मंगलबार महिला म्याराथनमा दौडिरहेको समयमा खुट्टामा चोट लागेर घाइते भएकी हुन् ।

म्यराथनको करिब २० किलोमिटर दूरी पार गर्ने क्रममा उनको खुट्टा फ्याक्चर भएको हो । झन्डै २० कीलोमिटर पार गर्दै थिँए,खुट्टा दुख्यो,’ नवौं महिला १० किलोमिटरमा कास्य पदक जितेकी पुष्पाले, ‘सुरुमा दुखाई हुँदा महसुस गरिन । पछि दौडन नै नसक्ने भए । अनि छाडे।’ उनको पोखरास्थित अन्नपूर्ण हस्पिटलमा उपचार गरिएको छ । उनको गोलीगाँठो भन्दा तलको भागमा केही समस्या देखिएकाले पलास्टर गरिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
३ वर्षअघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा म्याराथन पूरा गर्दैे रजत पदक जितेकी थिइन् । सागमा महिला म्याराथनमा पदक जित्ने उनी पहिलो नेपाली हुन् । यसपटक सागमा भन्दा समयमा सुधार गर्ने लक्ष्य राखेपनि चोटका सपना पूरा हुन नसककेको बताइन् ।
नवौंको म्याराथनमा एपिएफकै विन्द्रा धन्के श्रेष्ठ देशारले स्वर्ण, त्रिभुवन आर्मी क्लबकी विश्वरुपा बुढाले रजत र नेपाल प्रहरीकी रेखा विष्टले कास्य पदक जितेकी थिइन् । राष्ट्रिय खेलकुदको म्यााथनमा पहिलो सहभागितामै स्वर्ण पदक जितेकी विन्द्राले २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूा गरेकी थिइन् । म्याराथनमा पहिलो सहभागितामै विश्वरुपाले ३ घन्टा ३५ सेकेन्डको समय निकालिन् । रेखाको समयमा ३ घन्टा १ मिनेट ३५ सेकेन्डको समय रह्यो ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]