default_image

1 year ago

October 19, 2022

चन्द्रकलालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा […]

137 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत महिला ज्याभलिन थ्रोमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् ।

पाँचौं दिन पोखरा रंगशालामा चन्द्रकलाले ४७.६० मिटरको कीर्तिमानका साथ स्वर्ण जितिन् । उनले तीन वर्षअघि आर्मीकी लक्ष्मी थारुले बनाएको कीर्तिमान भंग गरेकी हुन् । लक्ष्मीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमान बनाएकी थिइन् । त्यसबेला लक्ष्मीले ४५.२७ मिटर कीर्तिमान राखेकी थिइन् ।

आर्मीकी लक्ष्मी थारु ४५.५६ मिटर कायम गर्दै रजतमा सिमित भइन् । त्यस्तै एपिएफकी सिमा कुमारी थारुले ४५.२० मिटर टाढा फाल्दै तेस्रो स्थान हासिल गरिन् ।

पुरुषतर्फ ज्याभ्लिन थ्रोमा त्रिभुवन आर्मी क्लबका रोहित चौधरीले स्वर्ण पदक जिते । उनले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जित्दा एपिएफका रमेश पोखरेलले ५५.४३ मिटरका साथ रजत र मनोज डगौराले ५३.३९ मिटरका साथ कास्य पदक जिते ।

बुधबार नै ४ सय मिटर हर्डल्समा त्रिभुवन आर्मीका रामप्रसाद थारुले स्वर्ण पदक जिते । थारुले ४ सय मिटर ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जिते । आर्मीकै जीवन चौधरीले ५३.८९ सेकेन्डमा पूरा गर्दै रजत तथा एपिएफका तिरप्रताप महत्तोले ५३.९२ सेकेन्डमा पार गर्दै कास्य प्राप्त गरे ।

यो पनि : सागकी स्वर्णधारी सन्तोषीले नवौंमा अर्को स्वर्ण जितिन्

April 11, 2024

धावक गोपीलाई केएल दुगडले १ लाख दिने

काठमाडौं (हाम्रो खेलकुद)– लन्डन म्याराथनमा भाग लिने तयारीमा रहेका धावक गोपीचन्द्र पार्कीलाई केएल दुगडले १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । गापीको विदाईमा बिहीबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा राखिएको विदाईमा केएल दुगडका प्रबन्ध निर्देशक कुमुद दुगडले उनको तयारीका लागि १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । प्रबन्ध निर्देशक दुगड, एनओसीका जीवनराम श्रेष्ठ, […]

April 10, 2024

धनगढी हाफ म्याराथनको तयारी लगभग पूरा

धनगढी (हाम्रो खेलकुद) – धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्ने धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथनको दसौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको बुधबार पत्रकार सम्मेलनमार्फत संयोजक आशिष शाहले जानकारी दिए । हाफ म्याराथन २०८१ वैशाख १ गते हुनेछ । […]

April 10, 2024

गोपी लन्डन म्याराथनका लागि शुक्रबार जाने

काठमाडौं (हाम्रो खेलकुद)- लन्डन म्याराथनमा भाग लिन धावक गोपीचन्द्र पार्की शुक्रबार त्यसतर्फ जाने भएको छन्। नेपालगञ्ज म्याराथनले बुधबार गोपीका लागि विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषद (राखेप) ला सदस्य सचिव टंकलाल घिसिङ, लि निङ आधिकारीक विक्रेता चाइना ट्रेड लिंक प्रालिका कार्यकारी अध्यक्ष राजन महर्जन, नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीले विदाई गरे। लन्डन म्याराथन वैशाख ९ […]

Success

Thank you for your time.