9 years ago
December 25, 2016
दिपेन्द्र पोखरेल
इटहरी– नेपाल पुलिसकी चन्द्रकला लामगादेका महिला ज्याभलिङ थ्रोमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । इटहरी रंगशालामा आइतबार चन्द्रकलाले ४३.९४ मिटर थ्रो फाल्दै नयाँ कीर्तिमानका साथ स्वर्ण पदक जितेकी छिन् । यसअघि ४ मिटरको आफ्नै कीर्तिमानलाई सधार्दै चन्द्रकलाले नयाँ कीर्तिमान कायम गरिन् ।

सातौं राष्ट्रिय खेलकुदमा चन्द्रकलाको यो दोस्रो राष्ट्रिय कीर्तिमान हो । उनले अघिल्लो दिन शनिबार महिला सटपुटमा राष्ट्रिय कीर्तिमान बनाउँदै स्वर्ण पदक जितेकी थिइन् । चन्द्रकलाले ११.५६ मिटर दुरी थ्रो फाल्दै नयाँ कीर्तिमान बनाएकी थिइन् । राष्ट्रिय कीर्तिमान बनाउनेलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । चन्द्रकलाले दुई वटा कीर्तिमानको ५० हजार रुपैयाँ पाउनेछिन् । महिला ज्याभलिङमा लक्ष्मी थारुले ३९.९९ मिटरका साथ रजत पदक जितिन् । सिमा कुमारी थारुले ३९.२७ मिटर दुरी फाल्दै कास्य पदक हात पारिन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]