default_image

3 years ago

January 19, 2023

राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी पूरा

407 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गर्ने दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको तयारी पूरा भएको छ । आयोजकले काठमाडौंमा एक पत्रकार सम्मेलन गरि तयारी पूरा भएको जनाएको छ ।

राइट टु प्रोटिनको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना जगाउने उद्देश्यका साथ माघ ७ गते हाफ म्याराथन आयोजना गर्न लागिएको हो । दशरथ रंगशालाबाट सुरु हुने हाफ म्याराथनसहितका विभिन्न विधामा झण्डै पाँच हजारको सहभागिता रहने एसोसिएसनले जनाएको छ ।

एसोसिएसनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सितलकाजी श्रेष्ठले ३३ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराई सकेको जानकारी दिएका छन् । यस म्याराथनमा सबैभन्दा कम ६ वर्ष र सर्वाधिक धेरै ७२ वर्षको खेलाडीको सहभागीता रहनेछ ।

बिहीबार विहान सम्म हाफ म्याराथन पुरुषतर्फ २ सय ९३ र हाफ म्याराथन महिलातर्फ ४३ जनाले नाम दर्ता गराई सकेका छन् । १० किलोमिटर पुरुष दौडतर्फ १ हजार ६ सय ७५ जनाले नाम दर्ता गराएका छन् । ५ किलोमिटर महिलातर्फ ४ सय ५७ जनाले नाम दर्ता गराएका छन् ।

५ किलोमिटर स्कुल पुरुषतर्फ ४ सय १५, ३ किलोमिटर स्कुल महिलातर्फ ३ सय ६५, ह्विलचियर पुरुषतर्फ १८ र महिलातर्फ ३८ जनाले नाम दर्ता गराई सकेका छन् । शुक्रबार बिहान सम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।

म्याराथनमा कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । हाफ म्याराथनमा प्रथम पुरस्कार करसहित १ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । पाँचौं स्थानसम्म रहनेलाई पुरस्कारको व्यवस्था गरिएको छ ।

यस प्रतियोगितामा खेलाडीहरुलाई सुविधाका लागि १२ स्थानमा पानी र प्राथमिक उपचारको व्यवस्था हुनेछ । प्रतियोगिता व्यवस्थापनको लागि ३ सय जना स्वयं सेवकहरु हुनेछन् । दौड प्रतियोगितालाई नेपाल एथ्लेटिक एसोसिएसनले मान्यता दिनुको साथै प्राविधिक सहयोग गरेको छ ।

प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योग सहयोगीको रुपमा रहेको बताइएको छ । प्रतियोगितामा प्रिमेरा हस्पिटल पार्टनर, इसेवा टिकेटिङ पार्टनर, आइएसएस साउन्ड सिस्टम पार्टनर तथा यूस र एसओवाई प्रबद्र्धकका रुपमा रहेका छन् । मेरियोट काठमाडौ र फेयरफिल्ड मेरियट हस्पिटालिटी पार्टनरका रुपमा रहेको बताइएको छ । सहभागीले ३ सय रुपैयाँ शुल्क तिरेर सहभागी हुने पर्नेछ ।

गत वर्ष पहिलो संस्करण रन फर प्रोटिन हाफ म्याराथन भएको थियो । गत वर्षको हाफ म्याराथन महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन विजयी भएका थिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.