2 years ago
January 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सैनिक शारीरिक तालिम केन्द्र तथा खेलकुद केन्द्रको आयोजनामा प्रधान सेनापति खुल्ला म्याराथन दौड प्रतियोगिता यसै महिना अन्तिममा हुने भएको छ ।
महाशिवरात्री तथा २ सय ६० औं सेना दिवसको अवसरमा आठौं संस्करणको खुल्ला म्याराथन माघ २८ मा हुने भएको छ । म्याराथनमा खुल्ला पुरुष, हाफ म्याराथन महिला तथा पुरुष, १० किलोमिटर र ५ किलोमिटर हुनेछन् । १० किलोमिटरमा नेपाली सेनाका अधिकृत, सैनिक महाविद्यालय, एनसिसीका विद्यार्थी, सैनिक सहचारी, सैनिक सहचारी कार्यलयका पदाधिरी हुनेछन् ।
म्याराथनर्फको विजेताले तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने खेलाडीले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । पाँचौं हुनेले ३० हजार, छैटौंले २५ हजार, सातौंले २० हजार र आठौं हुनेले १५ हजार प्राप्त गर्नेछन् । नवौं हुनेले १० हजार र दशौं हुनेले ५ हजार प्राप्त गर्नेछन् । म्याराथन विजेतालाई मोटरसाइकल तथा स्कुटर प्रदान गरिनेछ ।
हाफ म्याराथन पुरुष र महिला विजेताले समान ७५ हजार, दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार प्राप्त गर्नेछन् । जम्मा पुरस्कार रकम १२ लाख रहेकोछ । सहभागी जनाउन माघ ९ देखि १८ गतेसम्म जंगी अड्डा भद्रकालीबाट विहान १० देखि ४ बजेसम्म निशुल्क दर्ता गर्न सकिनेछ ।
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् । विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित […]
September 27, 2024
ललितपुर (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपाने र मुकेशबहादुर पाल खुला ५ किलोमिटर दौडमा शुक्रवार विजयी भएका छन् । एथलेटिक्स परिवार, नेपालको प्राविधिक सहयोग तथा व्यवस्थापनमा भएको दौडमा पुर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गरिन् । निर्मला केसी १८ मिनेट २०.६४ सेकेन्ड समयमा दोश्रो तथा सिर्जना पाण्डे १८ मिनेट २९.४५ सेकेन्ड समयमा तेश्रो […]
September 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं म्याराथनको १६औं संस्करण अर्काे साता भएको छ । आयाेजकले शनिबार राजधानीमा पत्रकार सम्मेलनमार्फत १६औं संस्करणकाे काठमाडौं म्याराथन १२ असोज (२०२४ सेप्टेम्बर २८) मा हुने जानकारी गराएकाे छ । काठमाडौं म्याराथनको सुरुआत सन् २००७ मा भएको थियाे । विशेष र वृहत हुने यसपालीकाे दाैडमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसँगै कुल तीन हजार […]