default_image

3 years ago

January 20, 2023

पुष्पालाई बंगलादेशमा राष्ट्रिय कीर्तिमानसहित उपाधि

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – म्याराथनतर्फ राष्ट्रिय कीर्तिमान तोड्दै पुष्पा भण्डारीले दोस्रो पटक बंगबन्धु शेख मुजिब ढाका म्याराथनको साफ एलिटतर्फको उपाधि जितेकी छिन् ।

शुक्रबार भएको म्याराथनमा पुष्पाले २ घण्टा ४८ मिनेट २ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमानसहित निर्धारित ४२.१९५ किलोमिटर दुरी पूरा गरिन् । यसअघि पुष्पाले १३ औं दक्षिण एसियाली खेलकुदमा २ घण्टा ५० मिनेट ११ सेकेन्डको कीर्तिमानका साथ रजत पदक हासिल गरेकी थिइन् ।

शुक्रबार ढाकामा पुष्पाले पहिलो स्थान हासिल गर्दा नेपालकै विन्द्रा धानके श्रेष्ठले तेस्रो स्थान हासिल गरिन् । श्रीलंकाकी सुजनी परेरा दोस्रो भइन् । परेरा पुष्पाभन्दा २० सेकेन्ड पछि रहेकी थिइन् । विन्द्राले २ घण्टा ५२ मिनेटमा दुरी पूरा गरिन् ।

पुष्पाले यसअघि म्याराथनको सन् २०२१ संस्करणमा साफ एलिटतर्फ स्वर्ण पदक जितेकी थिइन् । सन् २०२२ को संस्करणमा भने उनी कास्य पदकमा सिमित भएकी थिइन् । यसपटक पुरुष म्याराथनमा सन्तोष विक्रम विष्ट चौथो र किरण बोगटी सातौं भए । यस विधामा कर्ण खड्काले पनि प्रतिस्पर्धा गरेका थिए ।

यस्तै पुरुष हाफ म्याराथनमा गोपीचन्द्र पार्कीले १ घण्टा ६ मिनेट ४४ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । सन्तोष नाथ योगी १ घण्टा १० मिनेट ५४ सेकेन्ड समय निकाल्दै आठौं भए ।

महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ १ घण्टा १५ मिनेट १७ सेकेन्डसाथ चौथो भइन् । राजपुर पछाईले १ घण्टा १६ मिनेट ४८ सेकेन्ड तथा रेखा विष्टले १ घण्टा २७ मिनेट ५५ सेकेन्डमा हाफ म्याराथन पूरा गरे ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.