3 years ago
February 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – केन्याका स्टेफेन कोस्गेइले लगातार दोस्रो पटक पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि जितेका छन् ।

पोखरा रंगशालामा उनले दुई घण्टा २० मिनेट ०७ सेकेन्डमा दुरी पूरा गर्दै पहिलो भएका हुन् । म्याराथनकाे साविक विजेता समेत रहेका उनले उनले ५ लाख रुपैयाँ प्राप्त गरे ।
दोस्रो स्थानमा पनि केन्याका जुलियस मुराैकी रहे । उनले दुरी २ घण्टा २० मिनेट ३७ सेकेन्डमा पूरा गरे । उपाधिसँगै स्टेफेनले ४ लाख रुपैयाँ हात पारे भने दोस्रो भएका मुराैकीले दुई लाख रुपैयाँ पाए । तेस्रो स्थानमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले हासिल गरे । उनले निर्धारित दुरी २ घण्टा २५ मिनेट १४ सेकेन्डमा पूरा गरे ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]