default_image

3 years ago

February 21, 2023

नेपालगन्ज म्याराथनको ‘नेपाल रनिङ’ विमोचन

265 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालगन्ज म्याराथनको प्रकाशन नेपाल रनिङ मंगलबार विमोचन गरिएको छ । नेपाल सरकार र तत्कालिन माओवादी विद्रोहीबीच २०६३ मंसिर ५ गते भएको बिस्तृत शान्ती सम्झौताको स्मरणमा शान्ति, विकास र समृद्धि भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज म्याराथनले यो वर्ष आठौं संस्करण पूरा गरिसकेको छ ।

म्याराथन एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) बाट रुट प्रमाणित भई नेपालगन्ज म्याराथनले सदस्यता प्राप्त गरेको थियो । त्यस्तै नेपालगन्ज म्याराथन एम्सको क्यालेन्डरमा समेत समावेश भइसकेको छ । यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वल्र्ड कंग्रेसलाई लक्षित गर्दै तयार पारिएको प्रकाशन नेपाल रनिङको विमोचन गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, पूर्व सदस्य सचिव युवराज लामा, नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, शसस्त्र प्रहरीका पूर्व महानिरक्षक शैलेन्द्र श्रेष्ठ, ओलम्पियन रघुराज वन्त, नेपाल पयर्टन बोर्डका पूर्व सिइओ दीपकराज जोशी र राखेप सदस्य अन्जुनाथ धमलाले राखेपमा आयोजित कार्यक्रममा संयुक्तरुपमा नेपाल रनिङको विमोचन गरेका थिए ।

नेपाल रनिङमा नेपालगन्ज म्याराथनका विभिन्न आयामलाई समेटिएको छ । नेपाल रनिङमा नेपालगन्ज म्याराथनले एथलेटिक्सको विकास, सहरसँगै देशको परिचय र त्यहाँको पयर्टन प्रबद्र्धनमा हुन सक्ने फाइदाका विषयमा पनि चर्चा गरिएको छ । प्रकाशनका मा केहि अंश नेपाली र केहि अंश अंग्रेजीमा रहेका छन् ।

अधिकांश अतिथिले नेपालगन्ज म्याराथन एम्सबाट मान्यता प्राप्त गर्नु उपलब्धी भएको चर्चा गर्दै राखेपले त्यसको अभिभाकत्व लिनुपर्नेमा जोड दिए । राखेप सदस्य सचिव घिसिङले भविष्यमा राखेपले नेपालगन्ज म्याराथनमा सक्दो सहयोग गर्ने वचन दिए ।
सोही अवसरमा वल्र्ड कंग्रेसमा भाग लिन मंगलबार जापान जान लागेका नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलाई राखेप सदस्य सचिव घिसिङलगायतले विदाई गरेका थिए । वल्र्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने बताइएको छ ।

मंसिर २४ गते आयोजना भएर पहिलो पटक इलोक्ट्रोनिक चिप्स प्रयोग गरिएको आठौं धारा नेपालगन्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्गबहादुर खड्काले जितेका थिए । त्यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले महिला हाफ म्याराथनको उपाधि जितेकी थिइन् ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.