default_image

2 years ago

October 4, 2023

गोपीको व्यक्तिगत प्रदर्शनमा सुधार

1844 views

0 Bookmark

हाङ्गचों (हाम्रो खेलकुद) – गोपीचन्द्र पार्कीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ५ हजार मिटर दौडमा व्यक्तिगत प्रदर्शनमा सुधार गरेका छन् ।


हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधबार गोपीले निर्धारित दूरी १४ मिनेट २२.१५ सेकेन्डमा पूरा गरे । यसअघि उनको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५४.२० सेकेन्ड थियो ।

उनले सन् २०१९ मा स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा त्यो समय निकालेका थिए । सोही समयका साथ उनले १३ औं सागमा स्वर्ण पदक जितेका थिए । राष्ट्र १८ धावकले प्रतिस्पर्धा गरेको ५ हजार मिटरमा गोपी ११ औं स्थानमा रहे ।
बहराइनका यमाताउ बलेउ बिरहानुले एसियाडको नयाँ कीर्तिमान बनाउदै स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न १३ मिनेट १७.४० सेकेन्डमा पूरा गरे । उनले २०१४ को इन्चोन एसियाडमा कतारका मोहम्मद अलगार्नीले बनाएको १३ मिनेट २६.१३ सेकेन्डको एसियाडको कीर्तिमान भंग गरेका हुन् ।

भारतका मुकुन्द साब्ले अविनाश १३ मिनेट २१.०९ सेकेन्ड समय साथ रजत र बहराइनका फिकादु अद्मासु दावित १३ मिनेट २५.६३ सेकेन्ड समय निकाल्दै कास्य पदक जिते । नेपालका राजन रोकाया र पुष्पा भण्डारीले बिहीबार म्याराथनमा प्रतिस्पर्धा गर्ने छन् ।

ब्याडमिन्टन – रसिला पराजित

एसियाडअन्तर्गतब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन बुधबार प्रिक्वाटरफाइनलमा रोकिएकी छन् ।
बिन्जियाङ जिम्न्याजियममा चीनकी विन्जियो हेले नेपालकी रशिला महर्जनलाई २१–० र २१–४ को सोझो सेटमा पराजित गरिन् । रशिलाले मंगलबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेकी थिइन् ।

मिक्स डबल्स र पुरुष डबल्समा पनि नेपाली खेलाडी पराजित भएका छन् । मिक्स डबल्समा चीनका सिवेइजेङ र याचिङ हुवाङको जोडीले नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीलाई २१–४ र २१–७ को सोझो सेटमा हराए । पुरुष डबल्समा सिंगापुरका जि जु नेको जोडीले नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीमाथि २१–१ र २१–४ को जित दर्ता गरे ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.