default_image

2 years ago

November 23, 2023

धारा नेपालगन्ज म्याराथन – कोर्स रेकर्ड गरे लण्डन म्याराथनमा मौका पाउने

1091 views

0 Bookmark

नेपालगञ्ज (हाम्रो खेलकुद)- नवौं धारा नेपालगन्ज म्याराथनमा रेकर्ड बनाउने धावकले लण्डन म्याराथनमा सहभागी हुन पाउने भएका छन् ।

नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरीले नेपालगञ्ज म्याराथनको‌ कोर्स रेकर्ड ब्रेक गर्ने धावकलाई लण्डन म्याराथनमा सहभागी गराइने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

गतवर्ष एशोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स रेश (एम्स) बाट मान्यता पाएको नेपालगञ्ज म्याराथनमा‌ गत वर्ष पहिलो पटक इलोक्ट्रोनिक टाइमिङ चिप्स प्रयोग गरिएको थियो।

गत वर्ष २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गर्दै त्रिभुवन आर्मी क्लबका खड्गबहादुर खड्काले आठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि जितेका थिए। त्यो समय भन्दा अघि दौड पूरा गरेमा कोर्स कीर्तिमान बन्नेछ । कोर्स कीर्तिमान बनाउने विजेतालाई लण्डन म्याराथनमा सहभागी गराउने विषयमा नेपालगन्ज म्याराथन र नेपाल रन युकेबीचमा समझदारी भएको ठकुरीले बताए ।

नेपालगन्जमा म्याराथनको पुरस्कार राशीमा यसपक बृद्धि गरिएको छ । म्याराथन विजेताले २ लाख रुपैयाँ पाउने भएक छन् । गतवर्ष १ लाख ५० हजार रुपैयाँ विजेताले प्राप्त गरेका थिए । यसपटक दोस्रो हुनेले लागि १ लाख, तेस्रोलाई ५० हजार, चौथोलाई २५ हजार, पाँचौलाई १५ हजार, छैठौलाई १० हजार, सातौ र आठौलाई समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

हाफ म्याराथन(महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५ हजार रुपैयाँबाट पुरस्कृत हुनेछन् ।

त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ । स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई ५ हजार, ३ हजार र २ हजार रुपैयँ प्रदान गरिनेछ । यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको जनाएको छ । यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलग अलग स्थान निकालिनेछ ।

ह्वीलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई ५ हजार, ३ हजार र २ हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ । कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ । त्यसबाहेक सरप्राइज प्याकेज पनि घोषणा गरिने बताइएको छ ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना हुँदैछ । यसमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरसँग सहकार्य गरिएको छ ।

एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.