2 years ago
December 11, 2023
विजय नेपाली,पोखरा
नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । मन्चले म्याराथनका लागि विभिन्न उपसमितिहरु गठन गर्दै तयारीमा जुटेको हो ।

हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उनले म्याराथनको तयारी सँगै संस्थालाई अझ बढी प्रभावकारी बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको बताए ।
संस्थाका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले मञ्चको गरिमा उचाईमा पु¥याउने अग्रज तथा स्वर्गवास भएका व्यक्तिहरुका परिवारसँग थप सल्लाह र सुझाव ग्रहण गर्ने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताए ।
संस्थाका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले सफल पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तीब्र पारिएको सुनाए । बैठकमा सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्य लगायत विभिन्न विषयमा गम्भिर छलफल भएको थियो ।
म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरि प्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अधयक्ष तेज बहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा दिद्धितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक, सुरक्षा समन्वयमा हरि बहादुर बरुवाल छन् ।
बसोबासमा दिनेश कुमार श्रेष्ठ, स्वयमसेवक परिचानलमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा याम बहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रामबहादुर क्षेत्री, खाजा व्यवस्थापनमा भरत कुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा. खड्ग सिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघ संस्था समन्वयमा सम्मर बहादुर श्रेष्ठ, सेलिब्रेटि समन्वय निरज थापा, ह्विचियर र दृष्टिविहिन खेल व्यवस्थापनमा अमृत बराल संयोजक रहेका छन् ।
यस्तै वैदेशिक तर्फ सुके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्टे«लिया समन्वयमा चन्द्र प्रकास गुरुङ, सर्विया समन्वयमा खोप बहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक छन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]