2 years ago
March 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – क्यामेलिया स्कुलले आफ्नो रजत महत्सवमा कीर्तिमानी धाकव बैकुण्ठ मानन्धरणलाई सम्मान गरेको छ । सोही अवसरमा करातेका उदीयमान खेलाडी आर्यन रन्जितलाई सम्मान गरिएको थियो ।
मानन्धरले दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी स्वर्ण पदक जितेका थिए । मानन्धरले सन् १९८४ को पहिलो साफ, १९८५ र १९८७ मा लगातार म्याराथनमा स्वर्ण पदक जित्दै ह्याट्रिक गरेका थिए ।
उनले तेस्रो पटक स्वर्ण पदक जित्दा निकालेको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको कीर्तिमान अहिले पनि कसैले तोड्न सकेको छैन । क्यामेलियनका प्रिन्सिपल रुणमणि अधिकारीले कीर्तिमानी खेलाडी र उदीयमान खेलाडीलाई सम्मान गर्न पाएकोमा खुसी व्यक्त गरे ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]