2 years ago
March 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- कीर्तिपुर नगरपालिका र एन.आर.एस स्पोर्टस फाउनडेशनको सहकार्यमा शनिबार कीर्तिपुरमा आमा दौड आयोजना भएको छ।
३ किलोमिटर दौडमा झन्डै ७ सय महिलाहरुको सहभागिता रहेको बताइएको छ । कीर्तिपुर नयाँबजारबाट सुरु भएको दौड ल्याकु दरबारमा गएर सम्पन्न भएको थियो ।
खेलकुदमा बालबालिकालाई आकर्षित गर्नका आमाहरु खेलकुदप्रतिको जागरुक हुन आवश्यक रहने सन्देश दिनका लागि आमा दौडको आयोजना गरिएको बताइएको छ।

कीर्तिपुर नगरपालिकाको उपमेयर शुभलक्ष्मी शाक्यले सहभागीलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा कीर्तिपुर नगरपालिकाको अधिंकाश वडाका अध्यक्षहरुको सहभागिता रहेको जनाइएको छ।
उपमेयर शाक्यले १३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता तथा एसियाकी कास्य पदक विजेता तेक्वान्दो खेलाडी आयुषा शाक्य, राधा श्रेष्ठ, नमिता बज्रचार्य तथा पौडी खेलाडी नयना शाक्यकी सम्मान गरेकी थिइन्।
अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८ ) मा आमा दौड आयोजना गर्ने घोषणा भएपनि प्राविधिक कारणवश स्थापित भएको बताइएको छ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]