default_image

2 years ago

May 11, 2024

कर्णाली हाफ म्याराथन- पुष्पा र नरेन्द्रलाई उपाधि

641 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)- एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका नरेन्द्रसिंह रावतले प्रथम ज्ञान खाद्यान्न कर्णाली हाफ म्याराथनको उपाधि जितेका छन् ।

शनिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर(सुर्खेत)मा आयोजित कर्णाली हाफ म्याराथनमा पुष्पाले  १ घण्टा २८ मिनेट १७ सेकेन्डमा दुरी पूरा गरी प्रथम भएकी हुन् । नरेन्द्रले एक घण्टा ११ मिनेट २५ सेकेन्डमा निर्धारित २१.०९५ किलोमिटर दुरी पार गरी उपाधि जितेका हुन् ।

पुरुषतर्फ आर्मीका रामजी बस्नेत एक घण्टा ११ मिनेट ४८ सेकेन्डका साथ दोस्रो र श्रीकस राईले १ घण्टा १३ मिनेट २३ सेकेन्डमा दुरी पूरा गरी तेस्रो भए ।

त्यस्तै महिलातर्फ आर्मीकी सिर्जना पाण्डे १ घण्टा ३२ मिनेट ४३ सेकेन्डका साथ दोस्रो र जुम्लाकी राज्य रावलले १ घण्टा ३६ मिनेट ४० सेकेन्डमा निर्धारित दुरी पुरा गरी तेस्रो भइन् । दुवैतर्फको विजेताले ५५ हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गरे।

हाफ म्याराथन ४५ बर्ष माथि उमेर समुहमा काठमाडौंका धर्म महर्जन एक घण्टा २२ मिनेट समय सहित पहिलो भए ।काठमाडौंकै रेवत दाहाल १ घण्टा २५ मिनेट ७ सेकेन्डका‌साथ दोस्रो र बुटवलका गंगाबहादुर पुनले १ घण्टा ४८ मिनेट २ सेकेन्डसहित तेस्रो भए।‌ विजेताले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५ हजार हजार रुपैयाँ प्राप्त गरे।

विद्यालयस्तरी ५ किलोमिटर छात्रतर्फ सुर्खेतका अजय विक पहिलो, सुर्खेतकै रमेश बुढा दोस्रो र मुगुका नमराज बानियाँ तेस्रो भए । छात्रातर्फ सुर्खेतका विमला कार्की पहिलो, सुर्खेतकै पुर्णिमा बुढाक्षेत्री दोस्रो र कालिकोटकी लक्ष्मी शाही तेस्रो भइन् । छात्र छात्राको‌ विजेताले १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गरे ।

५ किलोमिटर दौडमा एसओएस हर्मन माइनर विद्यालयका साढे आठ बर्षका बालक प्रेम बस्नेतले समेत दौड पूरा गरेका थिए । उनलाई आयोजकले २ हजार रुपैयाँ प्रोत्साहन पुरस्कार प्रदान गरेको थियो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, कर्णाली प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष प्रमोद हमाल, सदस्यसचिव बिश्वमित्र सन्ज्याल, वीरेन्द्रनगर नगरपालिकाका निवर्तमान मेयर देवकुमार सुवेदी, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल, विश्व कीर्तिमानधी धावक हरिबहादुर रोकाय, डा. नवराज केसी, कर्मचारी युनियनका अध्यक्ष बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए ।

स्थानीय घण्टाघर चोकबाट सुरु भएको दौड कालिन्चोक खजुरा हुँदै राजमार्गको बाटोमा धुलियाबिट पुगेर त्यहाँबाट सिर्ध बांगेसिमल चोक पुगि पुनः सोही रुटबाट मंगलगढी चोक हुँदै वीरेन्द्र चोकबाट सभागृह गेट हुँदै घण्टाघर पुगेपछि हाफ म्याराथन पुरा भएको थियो । वरिष्ठ वाद्यवाधक प्रेमदेव गिरीको मादलको तालमा मुख्यमन्त्रीले झ्याली बजाएर प्रथम कर्णाली हाफ म्याराथन उदघाटन गरिएको थियो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोग, रेस नेपालको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा कर्णाली हाफ म्याराथनमा केएल दुगड ग्रुपको ज्ञान खाद्यान्न टाइटल स्पोन्सर रहेको छ भने वीरेन्द्रनगर नगरपालिका मुख्य साझेदार रहेको छ ।

कर्णाली हाफ म्याराथनमा कर्णाली केयर इन्टरनेशनल हस्पिटल, रेडपान्डा, हस्पिटालिटी पार्टनर होटल शुभ र सिद्धार्थ, आइएसपी पार्टनर भायनेट, नेपाली सेना, नेपाल प्रहरी, सोसल मिडिया पार्टनर मोटे ग्याङ तथा विभिन्न विद्यालयको‌ सहकार्य रहेको बताइएको छ।

यसै वर्ष मंसिरमा कर्णालीमा आयोजना हुने दसौं बृहत राष्ट्रिय खेलकुदलाई प्रवद्र्धन गर्नेगरी प्रथम ज्ञान कर्णाली हाफ म्याराथन आयोजना गरिएको‌ जनाउँदै रेस नेपालका अध्यक्ष टीएस ठकुरीले उपयुक्त समयमा हरेक बर्ष हाफ म्याराथन आयोजना गर्ने र स्तरोन्नति गर्दै लगिने जानकारी दिए ।

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

Success

Thank you for your time.