9 years ago
February 7, 2017
काठमाडौं (हाम्रो खेलकुद)– अल्ट्रा धाविका मिरा राई झन्डै दुई साताका लागि मंगलबार अमेरिका जाँदैछिन् । नेसनल ज्योग्राभी च्यानलको एड्भेन्चररमा अफ दी एयर पिपल्स च्वाइस अवार्ड २०१७ की विजेता रहेकी मिरा अमेरिकाको आउट साइड म्यागेजिनको अन्तवार्ता र फोटो सुटका लागि त्यसतर्फ जान लागेकी हुन् ।

च्यानलले केही महिना अघि विश्वका दस जनालाई मनोनयनमा राखेको अवार्डका लागि अनलाइन भोटिङका आधारमा मिरा विजयी भएकी थिइन् । अवार्ड जितेपछि आउटसाइडले अन्तवार्ताको लागि बोलाएको जानकारी दिदै मिराले भनिन्‘ अवार्डले मेरो मात्र होइन देशकै इज्जत बढेको महसुस गरेको छु । विश्वमै चर्चित म्यागेजिनले बोलाउँदा एउटा खेलाडीका नाताले जति खुसी लागेको छ, त्यो भन्दा बढी देशको समेत प्रतिनिधित्व गर्ने भएकाले त्यसमा गर्व महसुस भइरहेको छ । ’
सन् १९७७ बाट प्रकाशित आउटसाइडले आउटडोर खेलकुद, स्वास्थ्य, सहासिक खेललगायतलाई समेट्ने गरेको छ । आउटसाइडकै खर्चमा उनी अमेरिकाको क्यालिफोर्निया जान लागेकी हुन् । अल्ट्रा रेस सुरु गरेको छोटो समयमा सफलताका कारण चर्चा कमाएकी मिराले गतबर्ष घुँडाको शल्यक्रिया भएयता कुनै रेसमा भाग लिएकी छैनन् । अहिले उनले फिजियो सुरु गरेको जनाउँदै अब चार पाँच महिनापछि सक्रिय रेसमा फर्कने बताइन् ।
माओवादी सेना समायोजनमा अयोग्य भएपछि उनले अल्ट्रा रेस सुरु गरेकी थिइन् । भोजपुरकी मिराले पहिलो पटक काठमाडौंमा भएको अल्ट्रा हिमालयन आउटडोर दौडमा भाग लिइन् । दुई बर्षअघि उनको अन्तराष्ट्रिय यात्रा भने इटलीबाट सुरु भएको थियो । गत बर्ष फ्रान्समा मोन्ट ब्लान्स नामक ८० किलोमिटर दुरीको अल्ट्रा म्यारथन जितेपछि उनको चर्चा चुलिएको थियो ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]