1 year ago
September 17, 2024
नेपालगन्ज (हाम्रो खेलकुद)- दशाैं धारा नेपालगन्ज म्याराथनकाे प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किमि नाइट रनको तयारी अन्तिम चरणमा पुगेको छ।
नाइट रनमा झण्डै ५० धावकको सहभागिता रहने आयोजकको अनुमान रहेको छ। सोही रनका लागि मंगलवार टिसर्ट सार्वजनिक गरिएको छ ।
संविधान दिवसका अवसरमा असाेज ३ गते राति हुने दाैडकाे टिसर्ट नेपालगन्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरे ।
टिसर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगन्ज म्याराथनकाे एक दशक यात्राको लागि ‘दशाैंमा दस इभेन्ट’का बारेमा विस्तृत जानकारी दिए । असाेज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबारदेखि साप्ताहिक रन सुरु हुने उनलेे बताए ।
‘याे बर्षभरि सञ्चालन हुनेछ , ‘उनलेे भने-‘दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिनेछ । पहिलो चरणमा नेपालगन्ज, काेहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिनेछ ।’
रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसकाे प्रमुख कमान्ड सम्हाल्नेछन् । बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ । म्याराथनका बरिस्ठ सदस्यहरु हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत, गगन थापाले साप्ताहिक रनमा भाेलन्टियर सेवा प्रदान गर्नेछन् ।
असाेज दाेस्राे हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटरिच म्यानेजर चाहना शाहले यसकाे नेतृत्व गर्नेछिन् । त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गाैघाट ग्रिन रनकाे संयाेजन डिबी तामाङले गर्नेछन् ।
मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमकाे संयाेजन सुमनसिंह बस्नेतले गर्ने जानकारी दिइयाे । त्यस्तै फाेटाे प्रदर्शनीका लागि पहिलोदेखि नवाैं संस्करणसम्मका उत्कृष्ट तस्बिर संकलनका लागि गगन थापालाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै मंसिर २० र २१ गते म्याराथन एक्स्पाे र नेपालगन्ज कनक्लेव हुनेछ । यसमा विभिन्न व्यक्ति तथा संघसंस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ । दशाैं कार्यक्रमका रुपमा दशाैं धारा नेपालगन्ज म्याराथन मंसिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइयाे ।
विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यश बर्ष कर्णालीमा हुने दशाैं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयाेजकले जनाएको छ ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]