1 year ago
September 28, 2024
काठमाडौं (हाम्रो खेलकुद)– न्युजिल्यान्डका जोनाह स्मिथले १६ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् ।
अविरल वर्षाकाबीच शनिबार भएको म्यराथन २ घन्टा २१ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्मिथले उपाधि जितेका हुन् । उनी पहिलो पटकको सहभागितामा नै च्याम्पियन बनेका छन् ।
विदेशी खेलाडीको सहभागिता यसअघि नै पक्का भइसकेका कारण आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले पूर्व निर्धारित समय अनुसार नै म्याराथन सन्चालन गरिएको थियो । यद्दपी बिहान ५ बजे सुरु गर्ने भनिएको म्याराथन बिहान ६ बजे दशरथ रंगशालाको गेटबाट सुरु भएको थियो ।
पुरुष म्याराथनमा नेपालका नरेन्द्र रावल दोस्रो र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी तेस्रो भएका छन् । नरेन्द्रले २ घन्टा २३ मिनेट ०५ सेकेन्ड र किरणले २ घन्टा ३१ मिनेट ४४ सेकेन्डको समय निकालेका थिए ।
हाफ म्याराथनको महिलामा एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका नरेन्द्र राउत विजयी भएका छन् ।
पुष्पाले १ घन्टा २८ मिनेट १४ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी हुन् । अन्ना स्टेफन दोस्रो र चारु अर्याल तेस्रो भइन् । अन्नाले १ घन्टा ३७ मिनेट १३ सेकेन्ड र चारुले २ घन्टा ४३ मिनेट १६ सेकेन्डमा दौड पूरा गरिन् ।
नरेन्द्रले १ घन्टा १२ मिनेट ०४ सेकेन्डमा दौड पूरा गर्दै उपाधि जितेका हुन् । राजेन्द्र तामाङ (१ घन्टा १४ मिनेट ०२ सेकेन्ड) दोस्रो र विज्ञान गुरुङ (१ घन्टा १६ मिनेट २६ सेकेन्ड) तेस्रो भएका हुन्।
५ किलोमिटर खुला पुरुषमा नेपाल पुलिस क्लबका नागेश्वर ऐयर विजयी भए । उनले १८ मिनेट १३.१ सेकेन्डमा दौड पूरा गरे । ५ किलोमिटर पुरुष मास्टर्समा राजु भण्डारी २३ मिनेट ५३.६१ सेकेन्डमा दौड पूरा गर्दै विजयी भए ।
५ किलोमिटर स्कुल गल्र्समा आइश्मा आचार्य र ब्वाइजमा सन्तोष कार्की विजयी भए । आइश्माले २५ मिनेट १५.४ र सन्तोषले १४ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।
म्याराथन मास्टर्समा निकोले लाख्तिकोभ विजयी भए । उनले ३ घन्टा १३ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरेका हुन् ।



December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]