default_image

1 year ago

October 26, 2024

राप्ती सोनारी रनको उपाधि अनिषा र आयुषलाई

607 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- दशौं धारा नेपालगन्ज म्याराथनको प्रबद्र्धन गर्ने उद्देश्यले शनिवार आयोजना गरिएको राप्तीसोनारी ५ किमी रनको उपाधि अनिषा थारु आयुष केसीले जितेका छन् ।

निर्धारित दूरी छात्रातर्फ अनिषाले २५ मिनेट २१.०५ सेकेन्ड र छात्रातर्फ आयुषले १९ मिनेट २३ सेकेन्डमा पूरा गरे ।

नेपालगन्ज म्याराथनको एक दशक यात्रा पूरा गरेको अवसरमा राप्तीसोनारी गाउँपालिका वडा नं २ बिनौनामा सञ्चालन गरिएको दौडमा त्यसैगरी छात्रातर्फ सुमित्रा राना ( २८ मिनेट ३९.०२ सेकेन्ड )दोस्रो र सन्तोषी थारु ३८ मिनेट ५०.०६ सेकेन्ड तेस्रो भइन् ।

छात्रतर्फ करण नेपाली (१९ मिनेट ४८.०६ सेकेन्ड) दोस्रो र मनोज थारु (२१ मिनेट २१.०९ सेकेन्ड) तेस्रो भए ।

विजेता खेलाडीलाई राप्तीसोनारी गाउँपालिका प्रमुख तप्त पौडेल, राप्तीसोनारी गाउँपालिका खेलकुद विकास समिति संयोजक तेजबहादुर सुवेदी, रेस डाइरेक्टर चन्द्र गुरुङ, अन्तर्राष्ट्रिय धावक तिर्थ ओली, नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीले पुरस्कार वितरण गरेका थिए ।

दुवैतर्फ पहिलोले ३, दाेस्राेले २ र तेस्रोले १ हजार रुपैयाँ प्राप्त गरे। राप्तीसोनारी रनको उदघाटन गर्दै पालिका प्रमुख पौडेलले नेपालगन्ज म्याराथनसँग राप्तीसोनारी पालिका साझेदारी गर्न तयार रहेको बताए ।

राप्तीसोनारीलाई खेलकुदमय बनाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पालिकाले योजना बनाइरहेको पनि उनले जानकारी गराए ।

पालिकाको महत्वपूर्ण साझेदारी भइदिए राप्तीसोनारी रन हरेक बर्ष आयोजना गर्ने र स्थानीय प्रतिभा खोज्ने तयारी गरिएको नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङले बताए ।

दौडका अवसरमा दुई किलोमिटर वाकाथन आयोजना गरिएको थियो । त्यसमा स्थानीय शिक्षक, वृद्ध लगायत उपस्थित थिए ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.