1 year ago
November 8, 2024
हिमाल खरेल, बिर्तामोड
सात वर्षकै उमेरमा दौडमा हुटहुटी बोकेकी भोजपुरकी जुही राई पूर्वकी सफल धावक हुन् । उनीसँगै दौडिने विनिता राईको पनि दौडमा दबदबा रहँदै आएको छ ।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–७ घर भएका उनीहरुले सानै उमेरमा कोशी प्रदेशका प्रायः सबै दौड प्रतियोगितामा एकछत्र राज गर्दै आएका छन् ।
१३ वर्षीया जुही र १४ वर्षीया विनितालाई उनीहरुका दाजु तथा प्रशिक्षक प्रशान्त राईले प्रतियोगितामा सहभागी गराउँदै साथमा लिएर हिँड्ने गरेका छन् ।
हालसम्म १ सय वटाभन्दा बढी प्रतियोगितामा सहभागी भइसकेका उनीहरुले पछिल्लो एक वर्षयता लगातार उपाधि जित्दै आएका छन् । मध्यम दूरी (५ किलोमिटर, १० किलोमिटर) को दौडमा जुही र विनितामध्ये एकले उपाधि जित्ने पक्का जस्तै हुने गरेको छ ।
पछिल्लोपटक कात्तिक १७ गते पाँचथरको फिदिममा भएको श्रेया लावती दौडमा जुही विजयी भइन् । ५ किलोमिटरको दौड उनले २५ मिनेटमा पूरा गरिन् । त्यस्तै, झापाको बिर्तामोडमा भएको बिर्तामोड रनमा उनी दोस्रो भइन् ।
एक महिनायता विनिता भने दौडका क्रममा घाइते भएकाले प्रतियोगितामा सहभागी नभएको प्रशिक्षक राईले बताए । घाइते हुँदा राईले नै उनीहरुको उपचार गर्दै आएका छन् ।
नेपालको महिला एथलेटिक्समा पूर्वबाट जुही र विनिता भविष्यको उत्कृष्ट धावक बन्न सक्ने राईको विश्वास छ । प्रशान्तले उनीहरुलाई अल्ट्रा धावक बनाउने उद्देश्य राखेका छन् ।
भोजपुरको दुर्गम गाउँका उकाली ओरालीमा दौडाएर उनीहरुलाई अभ्यस्त पारेर निखार्न राई निरन्तर लागिपरेका छन् ।
‘उनीहरुलाई ट्रेल रनमार्फत अन्तर्राष्ट्रिय खेलाडी बनाउने उद्देश्य राखेको छु,’ राई भन्छन्, ‘उमेर पुगेपछि मिनि हुँदै फुल म्याराथन कुदाउने योजना बनाएको छु ।’
भलिबलका पूर्वखेलाडी राई कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र अल्ट्रा धावक मिरा राईबाट प्रेरित भएर दौडमा लागे । तर, सफल नभएपछि आठ वर्षयता गाउँकै भाइबहिनीलाई दौड सिकाउँदै छन् ।
भोजपुरमै भएको दौड प्रतियोगितामा जुही र विनिता सफल भएपछि हौशिएका राई उनीहरुलाई साथै लिएर पहिलोपटक धरान रनमा आए । त्यहाँ दुवैजनाले सफलता हाँसिल गरेपछि पछिल्लो समय लगातार प्रतियोगितामा उनीहरुलाई सहभागी गराउँदै आएका छन् ।
प्रत्येक प्रतियोगितामा प्रथम, दोस्रो स्थान प्राप्त गरेपछि पछाडि फर्केर हेर्नु नपरेका उनीहरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका पनि कोशीका उत्कृष्ट खेलाडी हुन् ।
जुहीले हालसम्म रामप्रसाद स्मृति दौडमा दुईवटक प्रथम र दोस्रो, यु १२ धरान रनमा दोस्रो यु १६ धरान रनमा प्रथम, यु १६ तरहरा रनमा प्रथम, बासिखोरा खुला महिलामा दुईपटक प्रथम सिधुवा रन खुला महिलामा दुईपटक दोस्रो स्थान हाँसिल गरेकी छन् ।
त्यस्तै, सुम्हात्लुङ खुला महिलामा दोस्रो, चुलाचुली रन खुला महिलामा प्रथम, माङसेबुङ खुला महिलामा प्रथम, यु १२ उर्लाबारी रनमा प्रथम, यु १६ उर्लाबारी रनमा प्रथम भएकी छन् ।
त्यस्तै, गोर्खा ट्रेलब्लेजर खुलामा प्रथम, आमचोक रन खुला महिलामा दोस्रो, भोजपुर ट्रेल रेस खुलामा तेस्रो, क्रस कन्ट्री रनमा दोस्रो, खाँदबारी रन खुलामा तेस्रो, लियो क्लब धरान रनमा तेस्रो स्थान प्राप्त गरेकी छन् ।

त्यस्तै, दमक रन खुला महिलामा तेस्रो, बिर्तामोड रन खुला महिलामा दोस्रो, श्रेया लावती खुला रनमा प्रथम, नाङिङ रन खुला महिलामा दोस्रो, खोटाङ रनमा दोस्रो, विराटनगर रनमा प्रथम भएकी छन् ।
विनिताको सफलता पनि उस्तै छन् । उनी रामप्रसाद स्मृति रनमा प्रथम र तेस्रो, यु १२ धरान रनमा प्रथम, तरहरा जेसिज खुला रनमा तेस्रो, यु १६ उर्लाबारी रनमा प्रथम र दोस्रो, यु १६ धरान रनमा दोस्रो, भोजपुर ट्रेलरेस खुलामा दोस्रो भएकी छन् ।
त्यस्तै, बासिखोरा रन खुलामा दोस्रो, खाँदबारी रन खुलामा दोस्रो, लियो क्लब धरान खुला रनमा दोस्रो, सिधुवा रन खुलामा तेस्रो, यु १६ मदन भण्डारी दौडमा प्रथम, चुलाचुली रन खुलामा दोस्रो स्थान हाँसिल गरेकी छन् ।
त्यस्तै, माङसेबुङ रनमा तेस्रो, मानवहित संरक्षण मञ्च दमकको महिला रनमा दोस्रो, खोटाङ रनमा प्रथम, विराटनगर रनमा दोस्रो भएकी छन् ।
विपन्न परिवारका उनीहरु दुवैजना भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्दै आएका छन् ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]