default_image

11 months ago

January 14, 2025

संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियुक्त

414 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)ले नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीलाई‌ नेपालका लागि आफ्नो दुत नियुक्त गरेको छ ।

एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् ।
‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ,’ ठकुरीलाई पठाइएको पत्रमा अध्यक्ष बोराओले भनेका छन्, ‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति हेरेपछि हामी तपाईंलाईं नेपालका लागि दुत नियुक्त गर्ने निर्णयमा पुगेका हौं । तपाईंले नेपालमा रोड रनिंगको विकासमा एम्सको प्रतिनिधित्व गर्दै समन्वय गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं ।’

नेपालगन्ज म्याराथन नेपालबाट एम्सको पूर्णकालीन सदस्यता प्राप्त गर्ने पहिलो म्याराथन आयोजक हो । एम्सको इतिहासमा पहिलोपटक जापानको ओसाकामा भएको २३औं वर्ल्ड कंग्रेसमा ठकुरीले नै भाग लिएका थिए । विश्व समुदायलाई नेपालसम्बन्धि जानकारी गराउन ठकुरीले नेपाल रनिङ म्यागजिन समेत प्रकाशन गर्दै आएका छन् ।

एम्सको दुतका रुपमा ठकुरीले एम्सका सदस्यता विषयमा नेपालभित्र रेस डाइरेक्टर तथा आयोजकलाई सुचित गर्नुपर्नेछ । साथै एम्सका गतिविधिलाई समन्वयकर्ताका रुपमा कार्य गर्नु, रनिङ समुदायमा हुने विवाद वा त्यस्ता बिषयका बारेमा एम्सको बोर्ड समक्ष निरन्तर रिपोर्टिंङ गर्नुपर्नेछ ।

एम्सको उद्देश्य र सदस्यताबाट हुने फाइदाका बारेमा रेस डाइरेक्टरलाई बुझाउँदै सदस्यता बिस्तार कार्यलाई प्रबद्र्धन गर्नुपर्नेछ । एम्सको दुत नियुक्त भएपछि नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले खुशी व्यक्त गरे । यसका लागि उनले सिंगो नेपालगन्जवासीप्रति आभार प्रकट गरे ।

‘धारा नेपालगन्ज म्याराथनसँग सहकार्य गर्ने राज्यका निकाय तथा प्राइभेट सेक्टर तथा समस्त सराकोरवाप्रति आभारी छु, ’ ठकुरीले भने, ‘सिंगो नेपालगन्जवासीलाई धन्यवाद दिन चाहन्छु ।’

नेपालगन्ज म्याराथनको दशक यात्रा पुरा गर्ने क्रममा कर्णाली हाफ म्याराथन, नेपालगन्ज १०किमी नाइट रन, राप्तीसोनारी नेचर रन र गौघाट ग्रीन रनले आफ्‌नो यात्रा आरम्भ गरिसकेका छन् ।

बौद्धिक बहस गर्ने थलोका रुपमा नेपालगन्ज कनक्लेव समेत निरन्तर आयोजना हुँदै आएको छ । खेलकुद संस्कृति प्रवद्र्धनमा समर्पित भएका कारण इटालीको मिलानमा हेडक्वार्टर रहेको विश्वव्यापी संस्था फेडरेसन अफ इन्टरनेसनल सिनेमा टेलिभिजन स्पोर्ट्‌स(फिक्ट्स)ले समेत यअसघि ठकुरीलाई नेपालका लागि दुत नियुक्त गरिसकेको छ । अब ठकुरी दुई वटा अन्तर्राष्ट्रिय संस्थाका लागि नेपालको दुत भएर काम गर्ने अवसर प्राप्त गरेका छन् ।

यसले भावी पुस्तालाई यी दुवै फोरम सिक्ने अवसर प्राप्त हुने ठकुरीले बताए । यी दुवै जिम्मेवारीले नेपालमा दौड संस्कृतिको प्रवद्र्धनमा आक्रामक ढंगले अघि बढ्दै समग्र खेलकुद संस्कृतिको विकासमा लाग्न अभिप्रेरित गरेको ठकुरीले बताएका छन् ।

एम्स संसारभर एक सय बीस देशमा झण्डै साढे चार सय रेस आयोजकहरु सदस्य भएको विश्वव्यापी संरचना भएको संस्था हो ।

एम्सको हालै भियतनामको हनोईमा भएको २४औं वर्ल्ड कंग्रेसमा नेपालगन्ज म्याराथनले २५औं वर्ल्ड कंग्रेस नेपालमा आयोजना गर्नका लागि दाबी पेश गर्दा ६५ मत प्राप्त गर्न सफल भएको थियो । त्यसमा नर्वेको मिडनाइट सन म्याराथनले ८७ मत प्राप्त गरी वर्ल्ड कंग्रेस आयोजनाको अधिकार लिएको थियो ।
दशौं धारा नेपालगन्ज म्याराथन गत मंसिर २२ गते सम्पन्न भएको थियो । नेपाली सेनाका खडकबहादुर खड्काले उपाधि जितेका थिए । त्यसैगरी हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले लगातार चौथोपटक उपाधि रक्षा गर्न सफल भइन् ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.