10 months ago
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्।
नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो।
म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित १ सय ५० धावकले म्याराथनमा नाम दर्ता गरेको जानकारी गराइयो । त्यसमा ८ महिला र बाँकी पुरुषले प्रतिस्पर्धा गर्नेछन्।
हाफ म्याराथनमा महिलातर्फ १० देशका ४०, पुरुषतर्फ ११ विदेशीसहित १ सय १० धावकले प्रतिस्पर्धा गर्नेछन्। १० किमी दौड पुरुषमा ११ देशका २ सय ११ र महिलामा ११ विदेशीसहित १ सय ९ ले प्रतिस्पर्धा गर्ने बताइएको छ।
त्यस्तै ५ किमी दौड भेट्रान्समस महिला पुरुष गरि ६० जना , ५ किमी छात्रामा १ हजार ४ सय ७० र छात्रामा १ हजार २५ गरि ३ हजार १ सय ७५ छन् । रनफर फनमा झन्डै ७ हजारको सहभागिता रहने आयोजकको अनुमान छ।
विगतमा भन्दा रुट केहि परिवर्तन गरिएको मन्चका पूर्व अध्यक्ष तेज गुरुङले जानकारी दिए। पोखरा रंगशालामा ७ बजे सुरु हुने म्याराथन पोखरा महानगरपालिकाका विभिन्न भाग हुँदै हल्लन चोक पुगेर टुंगिनेछ।
म्यापोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने म्याराथनपछि हरेक विधाको दौड ५/ ५ मिनेटपछि सुरु हुनेछ।
पोखरा म्याराथको विजेताले ५ लाख, दोस्रोले ३ लाख र तेस्रोले २ लाख रुपैयाँ प्राप्त गर्नेछन्। आठौं स्थानकाले नगद पुरस्कार पाउनेछन्। कुल पुरस्कार २१ लाख ३४ हजार रुपैयाँ रहेको छ।
खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरिने बताइएको छ। त्यसका लागि धरान रनका परिकल्पनाकार तथा नेपाल रन युकेका अध्यक्ष सन्तोष सहयोगको वातावरण बनाएका हुन् ।
पोखरा म्याराथको गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी, प्रदेश खेलकुद परिषद गण्डकी मुख्य सहयोगी संस्थाको रुपमा रहेका छन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]