10 months ago
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन सन्तोषी श्रेष्ठलाई सूर्योदय सेकेण्डरी बोर्डिङ स्कुलले नगदसहित शुक्रवार सम्मान गरेको छ।
स्कुलको खेलकुद दिवसका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषीलाई सूर्योदयका संस्थापक प्रिन्सिपल लक्ष्यबहादुर के. सी. ले १० हजार रुपैयाँ र कदर पत्रले सम्मान गरे।
सन् २०१९ मा स्वदेशमा आयोजना भएको १३औं सागको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी सन्तोषीले फागुन ३ गते सफल पोखरा म्याराथनमा हाफ म्याराथन च्याम्पियन बनेकी थिइन् ।
सम्मानपछि सन्तोषीले खेलकुदको महत्वको बारेमा अनुभव सुनाउँदै खेलकुदबाट पनि जीवनयापनको अवस्था बन्ने क्रममा रहेको बताइन् । कार्यक्रममा अभिभावक, विद्यार्थीको सहभागिता थियो।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]