10 months ago
February 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सहित विभिन्न देशमा बस्दै आएका १० नेपाली धावक यसै महिना जापानमा आयोजना हुने टोकियो म्याराथनमा भाग लिने भएका छन्।
नेपाल, अमेरिका, बेलायत र मकाउमा रहँदै आएका नेपालीले टोकियो म्याराथनमा भाग लिने पक्का भएको बताइएको छ ।
नेपालमा जुम्ला रारा आइअल्टिच्युट अल्ट्रा लगायतमा सहभागिता जनाई सकेका धावक शम्भु दाहाल सहित मकाउबाट विरु राई अमेरिकाकाबाट सन्तोष कर्माचार्य, युवराज खनाल र जीत बुढा मगरले टोकियो म्याराथन दौडदै छन् ।
बेलायतबाट बस्दै नेपाली धावकहरु आत्मराम दाहाल, अनु सिग्देल, प्रतिक गौचन, नारायण पन्त, सागर गुरुङतथस नेपाली समुदायसँग निकट रहेका सहित २ जना भारतीय ऋषि अत्री र कुष्ण अत्रीले समेत टोकियो म्याराथन दौडने भएका छन्।
नेपाल रन युकेको संस्थापक समेत रहेकस धावक आत्मराम दाहालका अनुसार पहिलो पटक ठूलो संख्यामा नेपालीले टोकियो म्याराथनमा भाग लिन लागेका हुन् ।
जापान तथा विश्वभरका हजारौं धावक सहभागिता रहने म्याराथनमा गोलाप्रथा तथा प्रायोजकको सिफारिसका आधारमा मात्र सहभागिता हुन सकिने प्रावधान रहेको बताइन्छ ।
फागुन १८ गते बिहान टोकियो सिन्जुकु शहरबाट सुरु भएर टोकियो स्टेसनमा सकिने बताइएको छ । १० नेपालीले म्याराथनमा प्रतिस्पर्धा गर्नेछन्।
नेपाली धावकलेले आफूहरुको हौसलाका लागि देशको झण्डा सहित सहभागी हुने जापानबासी नेपालीलाई आग्रह गरेका छन्।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]