9 months ago
March 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक अर्को वर्ष नेपालमा हुने भएको छ ।
२०८२ जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ ।
कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।
निरन्तर लबिङ पश्चात एम्सको बोर्ड बैठक नेपालमा होस्ट गर्न सम्भव भएको एम्स दुत रहेका नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले बताए ।
‘एम्सको बोर्ड बैठक नेपालमा बस्नु भनेको समग्र देशको पर्यटनका लागि खुशीको खबर हो, ’ नेपालगन्ज म्याराथनका संस्थापक ठकुरीले भने, ‘यसले नेपालका बारेमा विश्वव्यापी प्रचार प्रसार हुनेछ । साथै नेपालका रेस आयोजकलाई अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध विस्तार गर्न, दौडको विश्वव्यापी अभियानसँग परिचित हुन र केही सिक्न सुवर्ण अवसर समेत प्रदान गर्नेछ ।’
एम्सले संसारभर वल्र्ड एथ्लेटिक्ससँग समन्वय गरेर रोड रेसहरुको नियमन तथा प्रवद्र्धन गर्दछ । एम्सको सन्जाल एक सय बीस देशमा छ । करिब ४ सय ५० रोड रेस आयोजक यसका सदस्य छन् । संसारभर रोड रेसको मापन र मान्यता एम्सले नै दिने गर्दछ ।
एम्सको बोर्ड मिटिङका लागि आतिथ्यता गर्न लागेकोमा नेपालप्रति एम्सका प्रेसिडेन्ट पाको बोराओले आभार प्रकट गरेका छन् ।

स्पेन निवासी बोराओ विश्वकै राम्रो र उत्कृष्ट कोर्ष मानिने भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् । एम्सको बोर्ड बैठकमा करिब डेढ दर्जन राष्ट्रको प्रतिनिधित्व हुनेगरी सहभागिता रहनेछ । नेपालगन्ज म्याराथनले सोही अवसरमा आयोजना गर्ने अन्य बिशेष कार्यक्रममा कुल दुई दर्जन देशका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरेको छ ।
विश्व समुदाय समक्ष समग्र नेपालप्रतिको धारणा बन्ने भएको हुँदा यो प्रतिष्ठाको बिषय रहेको ठकुरीले बताए । ‘ सरकारी, गैरसरकारी र नीजि क्षेत्रलाई सहकार्यका लागि आग्रह गरेका छौं ,’ उनले भने–‘आशा छ, सबैबाट सकारात्मक साथ र सहयोग रहनेछ । यसमा व्यक्तिगत तथा संस्थागत सहयोग र सहकार्य गर्न सकिनेछ ।’
नेपालमा नियमित आयोजना हुँदै आएका सम्पुर्ण रोड रेस आयोजकसँग एम्सको अन्तरक्रिया गराउने तयारी गरिएको ठकुरीले जानकारी दिए । एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन मुल आयोजक समिति गठन गरिनेछ ।
नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई उक्त मुल आयोजक समितिमा समेटिनेछ । एम्सको बोर्डमा युरोप, अमेरिका, जापान, थाइल्याण्ड लगायत दर्जन राष्ट्रको प्रतिनिधित्व रहेको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]