default_image

9 months ago

March 30, 2025

पहिलो इन्टरनेसनल रनिङ कन्फ्रेन्स नेपालमा

367 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा खेलकुद सम्बन्धि बहस छलफल बिरलै भइरहेका बेला आउँदो जेठ अन्तिम साता काठमाडौंमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको दौड सम्मेलन हुने भएको छ ।

जेठ २३ गते शुक्रवार काठमाडौंमा नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागिएको हो । विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)सँगको सहकार्यमा दौडसम्बन्धि अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुनलागेको हो ।

रेस नेपाल र नेपालगन्ज म्याराथनले इन्टरनेसनल रनिङ कन्फ्रेन्स आयोजना गर्न लागेको हो । विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकको अवसर पारेर कन्फ्रेन्सको यात्रा आरम्भ गर्न लागिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले बताए ।

नेपालमा एशियाली देशबाट रनिङ समुदायलाई एकै थलोमा जमघट गराई अनुभव आदानप्रदान गर्ने केही सिक्ने र केही सिकाउने मन्चका रुपमा यो कन्फ्रेन्स थालनी गरिएको आयोजकले जनाएको छ ।

नेपालका लागि एम्स दुत समेत रहेका नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भने–‘परम्परागत रुपमा चल्दै आएको नेपालको रनिङ विधाका साथै समग्र नेपाली खेलकुदको विकासमा यो कासेढुंगा सावित हुने अपेक्षा गरेका छौं । यस्तो कन्फ्रेन्स सम्भवतः दक्षिण एशियामै पहिलो हो ।’

दक्षिण एशियाबाहिर अन्य एशियाली मुलुकमा केही अगाडि नै दौड सम्बन्धि यस्ता कार्यक्रम आयोजना हुँदै आएतापनि दक्षिण एशियामा पहिलोपटक नेपालमा यस वर्षदेखि सुरु गर्न लागिएको हो । थाइल्याण्डमा हरेक बर्ष एशिया रोड रेस फोरम हुने गर्दछ ।

हरेक बर्ष अलग स्थानमा गर्ने अवधारण बमोजिम भियतनाम, सिंगापुर, इन्डोनेसियामा मास पार्टीसिपेसन वर्ल्ड (एमपिडब्ल्यु) कार्यक्रम हुँदै आएको छ ।

कन्फ्रेन्स आयोजनाका लागि नेपालका प्रमुख रनिङ इभेन्ट आयोजक, एथलेटिक्सको विकासमा क्रियाशील व्यक्तित्व र संस्थाका साथै शिक्षा, खेलकुद, पर्यटन, सामाजिक तथा आर्थिक क्षेत्रका अगुवालाई समेटेर मुल आयोजक समिति गठन गरिने र कन्फ्रेन्समा समेत सहभागी गराइने उनले जनाए ।
कन्फ्रेन्समा शिक्षा, खेलकुद र पर्यटनसँग सम्बन्धित चारवटा सेसन रहने छन् ।

पहिलो सेसनमा एम्सका प्रेसिडेन्ट पाको बोराओसँग बिशेष साक्षात्कार हुनेछ । पाको विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनका रेस डाइरेक्टर हुन् ।

त्यसैगरी, विश्व प्रतिष्ठित म्याराथनका प्रमुख व्यक्तित्वबाट ‘सामाजिक आन्दोलन र सामाजिक परिघटनाका रुपमा म्याराथन’ बिषयमा विद्धत प्रवचन दिनेछन् भने ‘खेलकुद र पर्यटन : आर्थिक र सांस्कृतिक सम्भावनाको ढोका खोल्दै’ र ‘दिगो भविष्यका लागि दौड : स्वास्थ्य, शिक्षा, जलवायु कार्य र विश्वव्यापी एकतालाई प्रवर्द्धन गर्दै’ गरी दुई विषय रहनेछन् ।

हरेक सत्रमा दुई विदेशी र दुई नेपाली गरी चार वक्ता र एक सहजकर्ता रहनेछन् । वक्ता र सहजकर्ताका बारेमा चाँडै टुंगो गरिने आयोजकले जनाएको छ । एम्सको बोर्ड बैठकलगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरुलाई एम्सको बोर्ड बैठक लगायत अन्य कार्यक्रम व्यवस्थित र फलदायी बनाउन नेपालका प्रतिष्ठित म्याराथन आयोजकहरु रहेको मुल आयोजक समिति गठन गरिनेछ ।

कन्फ्रेन्समा युरोप, अमेरिका, जापान, थाइल्याण्ड, मलेसिया, भियतना, इन्डोनेसिया, सिंगापुर लगायत दक्षिण एशियाली राष्ट्रहरु गरी दुई दर्जन बढी देशका प्रतिनिधिको सहभागिता रहनेछ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.