default_image

8 months ago

May 5, 2025

अल्ट्रा रनरहरुद्वारा एक्स्टेप आउटलेटको उद्घाटन

263 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय स्पोर्टस् ब्रान्ड एक्स्टेपको नयाँ आउटलेट काठमाडौं, सामाखुशी चोकस्थित सिटी स्क्वायर मलमा उद्घाटन गरिएको छ ।

अन्तर्राष्ट्रिय ट्रायल रनर धावक अर्जुन कुलुङ राईले सोमबार रिबन काटेर एक्स्टेपको नयाँ आउटलेटको उद्घाटन गरे । अर्जुन विश्व ट्रायल रेस च्याम्पियन्सीपमा नेपालको प्रतिनिधित्व गरिसकेका धावक हुन् । यसैगरी उनले एभरेस्ट म्याराथन, मञ्जुश्री रेसलगायत थुप्रै ट्रायल रेस उपाधि जितेका छन् ।

खेल पोशाकको उत्कृष्ट ब्रान्डमध्ये एक एक्स्टेपको यो १४ औं आउटलेट हो । एक्स्टेपको नयाँ आउटलेटको उद्घाटनको अवसरमा ‘रन फर फ्रेस एयर’ नारासहित पाँच किलोमिटर दौडको आयोजना पनि गरिएको थियो । सो दौडमा अर्जुनसहित अर्जुनसहित अन्य आठ जना ट्रायल रनर दावा तामाङ, मानकुमार रोक्का मगर, गोपाल तामाङ, सन्तोष तामाङ, होमराज तामाङ, आङफूर्वा शेर्पा र मञ्जु सुनुवारले सहभागिता जनाएका थिए ।

सबै धावकले एक्स्टेपको पोशाक र जुत्ता लगाएर दौडेका थिए । धावक अर्जुनले एक्स स्टेपको जुत्ता, पोशाकसहित दौडँदा निकै सहज महसुस गरेको अभिव्यक्ति दिए ।

एक्स्टेपको नेपालका लागि आधिकारिक विक्रेता रेन्बो प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले सो दौडमा सहभागी धावक धाविकालाई एक्स्टेपका खेल पोशाकसहितको गिफ्ट ह्याम्पर प्रदान गरे ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.