default_image

7 months ago

May 24, 2025

आर्मीका सुशील र निशा हाफ म्याराथनको उपाधि

568 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका सुशील कुमार शाही र सोही क्लबकी निशा सार्कीले वान रन अन्तराष्ट्रिय हाफ म्याराथनको उपाधि जितेका छन्।

आज भएको दौडमा १ घण्टा ०५ मिनेट ५८ सेकेन्ड समयका साथ सुशीलले उपाधि जितेका हुन्।
आर्मीकै विनोद रोकायालाई १ घण्टा ०६ मिनेट ११ सेकेन्डका साथ दोस्रो भए। नरेन्द्र सिंह रावत तेस्रो भए‌। उनले १ घण्टा ०८ मिनेट ०६ सेकेन्डमा दौड पूरा गरे।

महिलातर्फ निशाले १ घन्टा २८ मिनेट ४७ सेकेन्ड समयका उपाधि जितिन्। आर्मीकी विश्वरुपा बुढाले १ घन्टा ३० मिनेट ५२ को सेकेन्डमा निर्धारित दूरी तय गर्दै दोस्रो स्थान प्राप्त गरिन्। गीता महर्जन तेस्रो भइन्।

दुवैका विजेता ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गरे।

सन्तोषी र सञ्जयको जित

१० किमी दौडमा बागमतीकी सन्तोषी श्रेष्ठ र आर्मीका सञ्जय श्रेष्ठ विजयी भएका छन्।

पुरुषतर्फ आर्मीको वर्चस्व रहयो। सञ्जय ३२ मिनेट १२.२२ सेकेन्डका साथ पहिलो भए । आर्मीकै रामजी बस्नेत दोस्रो र अर्जुन बुढा तेस्रो भए।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा १० किमीमै स्वर्ण पदक जितेकी सन्तोषी आज ३७ मिनेट ५२.४ सेकेन्डमा दौड पूरा गरिन्। आर्मीका पूर्ण लक्ष्मी न्यौपाने दोस्रो र सृजना पाण्डे तेस्रो भइन् ।‌

दुवैतर्फको विजेता २० हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ हात पारे।

दौड पाटन दरबार स्क्वायरबाट सुरु भएर मंगलबजार हुदै पुलचोक, जावालाखेल, एकान्तकुना, सातदोबाटो , बल्खु, कलंकी, सितापाइला हुदै फेरी कृष्ण मन्दिरमै गएर अन्त्य भएको थियो । हाफ म्याराथन हिरो वान रन मे २४ मा विश्वका १ सय १० देशमा आयोजना हुँदै आएको बताइएको छ ।

नेपालमा एन.आर.एस स्पोटर्स फाउन्डेसनले यो दौड सञ्चालन गरेको हो।  नेपालमा यो हाफ म्याराथन दोस्रो पटक आयोजना भएको हो।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.