7 months ago
May 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण यसै साता आयोजना हुने भएको छ।
कान्तिपुर हाफ म्याराथन जेठ शनिवार हुने आयोजक कान्तिपुर पब्लिकेसन्स लिमिटेडले आइतवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ।
ग्लोबल आईएमईको प्रस्तुती रहेको कान्तिपुर हाफ म्याराथनमा यो वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमारो’ रहेको छ ।
कान्तिपुर हाफ म्याराथनमा महिला र पुरषसहित विभिन्न ४ विधा रहने बताइएको छ । अन्य ३ विधामा कर्पोरेट एन्ड सेलेब रन ५ किमी, कलेज रन ७ किमी तथा ह्विलचेयर रेस ३ किमि हुनेछ । विभिन्न विधामा गरि २५ सय धावकको सहभागिता रहने अनुमान गरिएको छ।
यसपटक पुरस्कार राशीमा बृद्धि गरिएको छ । मुख्य विधा कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पाउने छन् । दोस्रोले ७५, तेस्रोले ५०, चौथोले ३०, पाँचौंले २० र छैटौंले १० हजार रुपैयाँ पाउने छन् ।
ह्विलचेयर रेस तर्फ विजेताले ३५, दोस्रोले २५ र तेस्रोले १५ हजार रुपैयाँले पाउने छन् । कर्पोरेट र सेलेब रन तथा कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् । हाफ म्याराथनमा कोर्ष रेकर्ड बनाउने खेलाडीले २५ हजार रुपैयाँ पाउने छन् ।
कान्तिपुर पब्लिकेसन्सका सिइओ महेश स्वाँरले यसपटकको दर्तामा उत्साहजनक चासो देखिएको बताए । उनले अर्को संस्करण दौडको कोर्स परिवर्तन हुने सम्भावना रहने जानकारी दिए।

हाफ म्याराथनका रेस कोच आरके विष्टले दौडको कोर्सको जानकारी दिए। कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी कटुन्जे रोडबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।
सन्तोषी श्रेष्ठ, पुष्पा भण्डारी, पूर्णलक्ष्मी न्यौपाने, राजन रोकाय, खड्गबहादुर थापा, गोपीचन्द्र पार्की लगायत खेलाडी कान्तिपुर हाफ म्याराथनमा सहभागिता जनाउने छन् ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने हाफ म्याराथनको प्रमुख प्रायोजक ग्लोबल आईएमई बैंक, सेलिब्रेसन पार्टनर केएफसी एन्ड पिजा हर्ट, टेक्निकल पार्टनर नेपाल एथ्लेटिक्स एसोसिएसन, पेन रिलिफ पार्टनर जन्डु, फुड पार्टनर नेपाल खाध तथा क्लाइमेट जस्टिस पार्टनर सेभ द चिल्ड्रेन, एयरलाइन्स पार्टनर श्री एयरलायन्स, स्पोर्टस वयेर पार्टनरमा केल्मी रहेको जनाइएको छ।
आइएमइका दीलिप पोखरेलले स्थानिय स्तरका खेलकुद प्रतियोगितामा प्रायोजन गर्ने गरेको तर ठूला प्रतियोगितामा बढी चर्चा हुने गरेको बताए ।
ट्राफिकका एसएसपी विनोद घिमिरेले हाफ म्याराथन शनिवार आयोजना हुने भएकाले ट्राफिक व्यवस्थापनमा सहज हुने विश्वास व्यक्त गरे।
महिलातर्फ ५ संस्करणमा कान्छीमाया कोजुले उपाधि जितेकी थिइन । पुरुषतर्फ हरिकुमार रिमालले ४ पटक कान्तिपुर हाफ म्याराथन जितिसकेका छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।
कान्तिपुर पब्लिकेशन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवसँगै फागुन ७ गते नै हाफ म्याराथन आयोजना गरेको थियो । आठौं संस्करण देखि फरक मितिमा आयोजना हुँदै आएको छ।
कान्तिपुर पब्लिकेशन्सको थापाथलीस्थित सेन्ट्रल विजनेस पार्कमा रहेको कार्यालयमा नाम दर्ता वैशाख २७ गते नै सुरु भइसकेको छ ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]