9 years ago
March 3, 2017
दिपक बोहोरा
पाँचथर – दुर्गा माविले अन्तर माध्यमिक बिद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । फाक्तेपमा गाविसमा बिहीबार सम्पन्न प्रतियोगितामा १ सय ७९ अंकका साथ दुर्गा मावि विजयी भएको हो ।
१ सय ४७ अंकसहित रानिटार मावि दोस्रो, घुर्बिसे पञ्चमी मावि (१४५) तेस्रो भएको थियो ।

त्यस्तै जनकल्याण मावि चौथो र आरुबोटे मावि पाँचौं भएको जिल्ला खेलकुद विकास समितिका सचिव मात्रिका दहालले जानकारी दिए । फागुन ६ दखि ८ गते सम्म क्षेत्र नम्बर १ को नागी गाविसमा तथा ११ देखि १३ गते सम्म क्षेत्र नम्बर २ को फात्तेप गाविसमा छनोट प्रतियोगिता आयोजना गरिएको थियो ।
क्षेत्र नम्बर १ बाट १४ बिद्यालय र क्षेत्र नम्बर २ बाट १८ बटा विद्यालयले एथ्लेटिक्स , भलिबल , कबड्डी , कराते र तेक्वान्दो खेलमा प्रतिस्पर्धा भएको पाँचथर जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यस बर्षको पाँचथरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ग्रामिण भगेगका विद्यालयको सहभागिता भने शून्य रह्यो ।
त्यस्तै सदरमुकाम बाहिर आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सदरमुकाम फिदिमका बिद्यालयहरु पनि सहभागी भएनन् । फिदिम उच्च माविले छनोटमा भाग लियो, तर अन्तिम चरणमा लिएन । बोर्डिङ स्कुलहरु पनि राष्ट्रपति रनिङ शिल्डमा भाग लिएनन् । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएपनि पाँचथरमा विद्यालयहरुको सन्तोषजनक नभएको स्थानियवासीहरु बताउँछन् ।
विद्यालयको आर्थिक अवस्था नाजुक रहेको कारणले पनि धेरै बिद्यालय भाग निलएको जिल्ला शिक्षा अधिकारी राजकुमार बि.क बताउँछन् । सोचे अनुरुप विद्यालयको सहभागिता हुन नसकेपछि सदरमुकाम बाहिर व्यवस्थापनका हिसाबले अघिल्लो बर्षहरुमा उत्कृष्ट भएको जिल्ला खेलकुद विकास समितका सचिव दहालको दाबी छ ।


December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]