4 months ago
July 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघ विरुद्ध उच्च अदालत पाटनमा दायर रिटको फैसला र निष्पक्ष छानबिन सकेपछि मात्र निर्वाचन प्रकृया अगाडि बढाउन पर्ने माग सरोकारवालाहरुले राखेका छन्।
राजीव विक्रम शाह संयोजक रहेको संघले साउन १४ गतेका लागि निर्वाचनको तयारी गरिरहेको बताइएको छ। यसअघि गठित तदर्थ समितिका सदस्यले आइतवार पत्रकार सम्मेलन गर्दै निर्वाचन स्थगित गर्न माग गरेका छन्।
२०८० जेठ ३० गते गठन भएको नेपाल एथलेटिक्स संघ, तदर्थ कमिटीका बहुमत सदस्यहरुले अवैधानिक हालको एथलेटिक्स संघ उपर उच्च अदालत पाटनमा रिट दायर गरेको बताइएको छ।
शाह संयोजक रहेको एथलेटिक्स संघ तदर्थ कमिटीले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार गर्न पर्नेमा कानुन विपरित राष्ट्रिय खेलकुद परिषदबाट बिधान स्विकृत नै नगराई गैर कानूनी बिधानको आधारमा देशका बिभिन्न जिल्ला र प्रदेशहरुका पदाधिकारीहरुलाई भ्रम र प्रलोभनमा पारि अबैध कमिटी गठन गर्दै हिडिरहको आरोप उनीहरुले लगाएका छन्।

December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]