2 days ago
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो ।
संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ ।
धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो । नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पुर्ण व्यवस्थापन गर्नेछ ।
सन्तोषीसँगै नेपाल रन युकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन् । प्रशिक्षक राई सहित नेपाल रन युकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा भाग लिनेछन् । उनीहरु बेलायतबाटै भ्यालेन्सिया पुग्ने प्रशिक्षक राईले बताए ।
धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले पनि भियतनामको होचिमिन्हमा डिसेम्बर ४ र ५ मा हुने मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्यालेन्सिया प्रस्थान गर्नुपुर्व नेपाल रन युकेका संस्थापक राईले नेपालगन्ज म्याराथनको कोर्ष भ्यालेन्सिया भन्दा पनि सहज भएको बताउँदै व्यापक प्रचारप्रसारमा जोड दिन एम्सका सदभावना दुत समेत रहेको संस्थापक ठकुरीलाई सुझाए ।
भ्यालेन्सिया सहज कोर्षका कारण विश्वभरिका धावकहरुले आफ्नो व्यक्तिगत समय राम्रो निकाल्नका लागि पहिलो छनोटमा राख्ने गर्दछन् । नेपालमा पनि शीर्ष धावकहरुका लागि धारा नेपालगन्ज म्याराथनको कोर्ष निकै सहज मानिन्छ ।
यसबर्ष खडकबहादुर खड्काले २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै विजेता बने । उनी बैकुण्ठ मानन्धरको दक्षिण एशियाली रेकर्डमा पाँच सेकेन्डले मात्र चुके । खडकलाई समेत लन्डन म्याराथन लगायत वल्र्ड मेजर म्याराथनमा सहभागिताको पहल गरिने नेपाल रन युकेका संस्थापक राइले बताए ।
यसअघि नेपाल रन युकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वल्र्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो । नेपाल रन युकेले नेपालका शीर्ष खेलाडीका लागि अवसर प्रदान गर्नुका साथै खेलाडी उत्पादनका लागि मिरा राई इनिसियटिभ र विश्वकीर्तिमानी धावक हरि रोकायको जुम्लास्थित प्रशिक्षण केन्द्रका लागि पनि काम गरिरहेको छ ।
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]
November 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- धारा नेपालगन्ज म्याराथनले मलेसियामा दशक यात्रा पूरा गर्न सफल शीर्ष म्याराथनमध्येको स्कोर म्याराथनसँग सहकार्य गर्ने भएको छ । मलेसिया र सिंगालपुरमा रनिङ इभेन्ट सन्चालन गर्दै आएको स्कोर स्पोर्ट्स म्यानेजमेन्ट र धारा नेपालगन्ज म्याराथनबीच आपसी भाइचारा स्थापित गर्न संस्कृति विज्ञता सहितको सहयोग आदानप्रदान गर्ने सम्झौता भएको धारा नेपालन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले […]