default_image

1 week ago

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

517 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् ।

स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो ।

संसारकै सरल कोर्ष मानिने भएकाले आफ्नो उत्कृष्ट समय निकाल्न संसारभरका धावकहरुको उच्च प्राथमिकतामा भ्यालेन्सिया पर्दछ ।

धारा नेपालगन्ज म्याराथन र पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गरेको प्रदर्शनका आधारमा सन्तोषीलाई छनोट गरिएको हो । नेपाल रन युकेले सन्तोषीको सहभागिताका लागि सम्पुर्ण व्यवस्थापन गर्नेछ ।

सन्तोषीसँगै नेपाल रन युकेका संस्थापक तथा प्रशिक्षक सन्तोष राई पनि भ्यालेन्सिया प्रस्थान गरेका छन् । प्रशिक्षक राई सहित नेपाल रन युकेका अन्य सदस्यहरु पनि भ्यालेन्सिया म्याराथनमा भाग लिनेछन् । उनीहरु बेलायतबाटै भ्यालेन्सिया पुग्ने प्रशिक्षक राईले बताए ।

धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले पनि भियतनामको होचिमिन्हमा डिसेम्बर ४ र ५ मा हुने मास पार्टिसिपेसन वल्र्ड कन्फ्रेन्समा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् ।

भ्यालेन्सिया प्रस्थान गर्नुपुर्व नेपाल रन युकेका संस्थापक राईले नेपालगन्ज म्याराथनको कोर्ष भ्यालेन्सिया भन्दा पनि सहज भएको बताउँदै व्यापक प्रचारप्रसारमा जोड दिन एम्सका सदभावना दुत समेत रहेको संस्थापक ठकुरीलाई सुझाए ।

भ्यालेन्सिया सहज कोर्षका कारण विश्वभरिका धावकहरुले आफ्नो व्यक्तिगत समय राम्रो निकाल्नका लागि पहिलो छनोटमा राख्ने गर्दछन् । नेपालमा पनि शीर्ष धावकहरुका लागि धारा नेपालगन्ज म्याराथनको कोर्ष निकै सहज मानिन्छ ।

यसबर्ष खडकबहादुर खड्काले २ घण्टा १५ मिनेट ६ सेकेन्डको समय निकाल्दै विजेता बने । उनी बैकुण्ठ मानन्धरको दक्षिण एशियाली रेकर्डमा पाँच सेकेन्डले मात्र चुके । खडकलाई समेत लन्डन म्याराथन लगायत वल्र्ड मेजर म्याराथनमा सहभागिताको पहल गरिने नेपाल रन युकेका संस्थापक राइले बताए ।

यसअघि नेपाल रन युकेले गोपीचन्द्र पार्की र सन्तोषीलाई सात वल्र्ड मेजर म्याराथन मध्येको लन्डन म्याराथनमा सहभागिताको अवसर प्रदान गरेको थियो । नेपाल रन युकेले नेपालका शीर्ष खेलाडीका लागि अवसर प्रदान गर्नुका साथै खेलाडी उत्पादनका लागि मिरा राई इनिसियटिभ र विश्वकीर्तिमानी धावक हरि रोकायको जुम्लास्थित प्रशिक्षण केन्द्रका लागि पनि काम गरिरहेको छ ।

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

Success

Thank you for your time.