4 months ago
July 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल एथलेटिक्स संघको चुनावी साधारण सभाले राजीवविक्रम शाहलाई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
बुधवार भएको साधारण सभाले कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका शाहको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन गरेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
संघको उपाध्यक्षमा कोमल वली, जगतसिंह धामी, शैलेन्द्र खनाल, सन्तोषकुमार ढकाल, तेजेन्द्र थापा र गजबहादुर गुरुङ रहेका छन् । सन्जिव तुलाधर सदस्यमा निर्वाचित भएर महासचिव मनोनित भएका छन् । आरके विष्ट (राधाकृष्ण) सचिव तथा मोहनबहादुर घले कोषाध्यक्ष चुनिए।
अन्जु चौधरी, दिलबहादुर बम, नन्दु काउचा, अनिरुदैकुमार चौधरी, मोहम्मद ज्याउल हक, शिवलाल आचार्य र पद्मा चौधरी सदस्यमा चयन भए ।

अध्यक्ष शाहले तुलाधरलाई मनोनयनलाई पछि कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने घोषणा गरे ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले साधारण सभाको उद्घाटन गरेका थिए ।
December 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]
November 22, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]
November 11, 2025
सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]