default_image

4 months ago

August 1, 2025

एभरेष्ट म्याराथन एम्समा आबद्ध

328 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेन्जिङ हिलारी एभरेष्ट म्याराथनले एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)को सदस्यता प्राप्त गरेको छ ।

एभरेष्ट म्याराथन विश्व रनिङको साझा संस्था एम्समा नेपालबाट आबद्ध हुने पाँचौं सदस्य बन्न सफल भएको छ । यसअघि नेपालगन्ज म्याराथन, पोखरा इन्टरनेसनल म्याराथन, काठमाडौं म्याराथन र नेपालगन्ज १० नाइट रन एम्सको सदस्यता लिएका थिए ।

एभरेष्ट म्याराथनले एम्सको सदस्यता लिएकोमा एम्स दुत टीएस ठकुरीले खुशी व्यक्त गरे । ‘नेपालमा एम्सको सदस्य संख्या वृद्धि हुनु नेपालमा रनिङ संस्कृति बढ्दै गएको संकेत हो,’ एम्स दुत ठकुरीले भने, ‘नेपालको समथर तराईमा हुने धारा नेपालगन्ज म्याराथनदेखि संसारकै सर्वोच्च शिखर सगरमाथाको काखमा हुने एभरेष्ट म्याराथनसम्म विदेशीको चासो बढ्नेछ, र यसले विदेशी पर्यटकको संख्या वृद्धि हुँदै जानेछ ।’

एभरेष्ट म्याराथन हरेक मे महिनाको २९ तारिखमा आयोजना हुने गर्छ । संसारको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक सफल आरोहण गर्ने तेन्जिङ शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीको सम्झनामा यो म्याराथन आयोजना हुने गर्दछ ।

एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डेले एम्ससँगको आवद्धताका लागि एम्स दुत टीएस ठकुरीको योगदान रहेको बताए । ‘एम्ससँग सम्बन्ध बिस्तारका लागि ठकुरीजीको भुमिका छ,’ पाण्डेले भने, ‘यसले थप पर्यटक आगमनमा सघाउनेछ ।’

नेपालगन्ज म्याराथनको अगुवाइमा गत जेठ २१ देखि २४ गतेसम्म काठमाडौं र ललितपुरमा एम्सको बोर्ड बैठक, नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्स र काठमाडौं २५किमी हेरिटेज रन आयोजना भएको थियो ।

इन्टरनेसनल रनिङ कन्फ्रेन्समा विक्रम पाण्डे किनोट स्पिकर थिए । नेपालबाट पाण्डे म्याराथनको प्रादुभाव भएको देश ग्रीसका लागि अवैतनिक दुत हुन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

Success

Thank you for your time.