default_image

4 months ago

August 2, 2025

आमा समूह दौडमा हरिकुमारी विजयी

388 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिवार पोखराका आमा समूहको दौड सम्पन्न भएको छ । 

रजत महोत्सवको अवसरमा १२ महिना १२ कार्यक्रमअन्तर्गत मञ्चले पहिलो पटक आमा समूहको दौड आयोजना गरेको हो । त्यस संगै नियमित मासिक दौड अन्तर्गत हुँदै आएको छात्र/छात्रा दौड समेत सम्पन्न भएको छ ।

चुलोचौको र खेतबारीमा सीमित रहँदै आएका महिलालाई खेलकुदमा सचेतना बढाउन विशेष ‘आमा समूह दौड’ आयोजना गरेको मञ्चका पूर्व अध्यक्ष एवं रेश डाइरेक्टर तेज बहादुर गुरूङले बताए ।

३ किलोमिटर दूरीको उक्त दौडमा ५ सयभन्दा बढी महिलाहरूले सहभागिता जनाएका थिए ।

पोखरा रंगशालामा आयोजित कार्यक्रमको उद्घाटन जिल्ला प्रशासन कार्यालय कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले गरेकी थिइन् । उनले महिलाहरूको मैदानमै सक्रियता समाज रुपान्तरणको आधार बन्ने बताइन् ।

आमा समूह दौडमा हरि कुमारी श्रेष्ठ पहिलो, विष्णु कुमारी ठकुरी दोस्रो,  रिया गुरूङ तेस्रो भइन् । सूर्यकला थापा चौथो,  राधिका थापा पाँचौं, झगदेबी बुढा छैटौं ,मधु देवकोटा सातौं, सिता तामाङ आठौं, सरिता जिशी नवौं र विमला केसी दसौं भइन् ।

त्यस्तै छात्र ५ किमि छात्रतर्फ छोरेपाटन माविका आयुष सुनार १७ मिनेट ३१ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए । बराह माविका शुस्मन ढुङ्गाना (१७मिनेट ४१ सेकेन्ड ) दोस्रो र माछापुच्छ्रे माविका राजिव बास्तोलाले ( १८ मिनेट ३३ सेकेन्ड) तेस्रो भए ।

त्यस्तै छात्रातर्फ एन्जिला जिटी पहिलो भइन् । मेघराज माविकी उनले आफ्नो दौड २१ मिनेट ०२ सेकेन्डमा पूरा गरिन् ।

गौरीशंकर मावीकी कविता मगरले (२१ मिनेट ३८ सेकेण्ड) दोस्रो र महेन्द्र माविकी सोनिया नेपालीले २१ मिनेट ५२ सेकेन्ड) तेस्रो भइन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

Success

Thank you for your time.