default_image

4 months ago

August 3, 2025

एथलेटिक्स परिवारको साधारण सभामा खेलाडी र प्रशिक्षक सम्मानित

373 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एथलेटिक्स परिवार, नेपालको चौथो वार्षिक साधारण सभा एवम् चौथो वार्षिकोत्सव समारोह कार्यक्रम आज काठमाण्डौंमा सम्पन्न भएको छ ।

कीर्तिमानी धावक बैकुन्ठ मानन्धरको मुख्य अतिथि र सल्लाहाकार मोहन नेपालको सभापतित्वमा भएको काठमाडौंमा परिवारका अध्यक्ष राजन खत्रीले आर्थिक वर्ष २०८२/८३ को बार्षिक कार्यक्रम र बजेट, महासचिव मन्जु श्रेष्ठको तर्फबाट बाबुराजा श्रेष्ठले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रेम महतले आयव्यय विवरण प्रस्तुत गरे।‌

सोही समारोहमा एथलेटिक्स खेलका लामो दूरीका धावक धाविकाद्धय त्रिभुवन आर्मी क्लबका खड्कबहादुर खड्का र पुर्णलक्ष्मी न्यौपाने, एथलेटिक्स प्रशिक्षकद्धय सिताराम चौधरी र देबीबहादुर बस्नेतलाई सम्मान गरिएको   थियो ।

एथलेटिक्स परिवारले गत आर्थिक वर्षमा १४ वटा खेलकुद कार्यक्रम सञ्चालनमा प्राविधिक सहयोगी रहेको‌ जनाइएको छ ।  

चौथो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट कात्तिक २७ देखि २९ गते सम्म काठमाडौंमा, नेपाल रन ५ कि.मि.च्यालेन्ज नेपालका विभिन्न ५ स्थानमा असोज महिनाबाट र राष्ट्रिय मिक्स रिले रन पुस महिनामा काठमाडौंमा संचालन गर्ने गरि कार्यक्रम तय भएको छ ।

 त्यस्तै १० वटा एथलेटिक्सका विभिन्न स्तरका प्रतियोगिताहरुमा प्राविधिक सहयोग गर्ने अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 3, 2025

सन्तोषीले भ्यालेन्सिया म्याराथनमा भाग लिने

काठमाडौं (हाम्रो खेलकुद)- लामो दुरीकी नेपालकी शीर्ष धाविका सन्तोषी श्रेष्ठ विश्व प्रतिष्ठित भ्यालेन्सिया म्याराथनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेकी छिन् । स्पेनको भ्यालेन्सियामा आइतवार भ्यालेन्सिया म्याराथनको ४४औं संस्करण हुँदैछ । सन् १९८१ मा सुरु भएको भ्यालेन्सिया म्याराथन वल्र्ड एथ्लेटिक्सबाट प्लेटिनम लेवलको मान्यता पाएको विश्व दौडको सर्वाधिक आकर्षकमध्ये म्याराथन हो । संसारकै सरल कोर्ष मानिने भएकाले […]

November 22, 2025

खडकलाई ११ औं नेपालगन्ज म्याराथन उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लबका खडक बहादुर खड्काले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन्। महिला हाफ म्याराथनको उपाधि पूर्णलक्ष्मी न्यौपानेले जितेकी छिन्। शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले २ लाख नगद र पूर्णलक्ष्मीले ७५ हजार रुपैयाँ सहित ट्रफी, पदकले पुरस्कृत भए । म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ […]

Success

Thank you for your time.