10 years ago
August 15, 2015
चीनको बेइजिङमा हुने १५ औं आईएएएफ विश्व एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुने १–१ खेलाडी र प्रशिक्षकसहित दुई सदस्यीय नेपाली टोलीलाई शनिबार बिदाइ गरियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा उनीहरुलाई बिदाइ गरे ।
अगष्ट २२ देखि ३० तारिखसम्म हुने च्याम्पियनसिपमा महिलाको ४ सय मिटर दौडमा दिलमाया कार्कीले नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । यो स्पर्धामा दीलमायाकै नाममा ५८.५ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ । प्रशिक्षकमा सुशीलनरसिंह राणा रहेका छन् ।
गत चैतमा भएको ४० औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आधारमा खेलाडी छनोट गरिएको प्रशिक्षक राणाले जानकारी गराए । त्यो प्रतियोगितामा दिलमायाले ४ स्वर्ण र १ रजत गरी ५ पदक जितेकी थिइन् । उनीहरु अगष्ट २० तारिख चीन उड्ने कार्यक्रम छ ।
त्यसअघि अगष्ट १८ देखि २० तारिखसम्म हुने अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) को ५० औं विश्व कोंग्रेसमा भाग लिन दुई एथलेटिक्स पदाधिकारी आइतबार चीन जाादैछन् ।
नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाह र महासचिव सुनील राजवंशीले कोंग्रेसमा भाग लिने छन् । उक्त कोंग्रेसले आईएएएफको नयाा कार्यसमिति समेत चयन गर्नेछ । अध्यक्ष शाहले मतदान गर्न पाउने छन् ।
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]